फरथिङ फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिने, यस्तो छ अन्य फाइदा

काठमाडौं–फरथिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले तिहारको अवसरमा विशेष अफर ‘फरथिङ तिहार भाइब’ घोषणा गरेको छ ।

असोज २७ देखि कात्तिक ३ गतेसम्म चल्ने यस विशेष अफरमा ग्राहकहकले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी फरथिङ फ्राइडे अनुभव गर्न सक्नेछन् ।

अफरअन्तर्गत फ्राइडे ईभी बुकिङ गर्दा आइफोन १७ प्रो प्राप्त गर्न सकिनेछ भने आकर्षक नगद छुटको समेत व्यवस्था गरिएको छ । साथै, ८ वर्षको वारेन्टि, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाटको होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क पाइनेछ ।

फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ ।

सहरका सडकदेखि सप्ताहन्तका यात्रा सम्मका लागि उपयुक्त यस ईभीमा ६४.४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । जसले डब्लुएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

फरथिङको भित्री डिजाइन काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ । यसका साथै, प्रिमियम मसाज स्पोट्र्स सिट समावेश गरिएको छ, जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ ।

कम्पनीका अनुससार यस अभियानले तिहारको उत्सवलाई सम्मानित ग्राहकसँग साझा गर्ने विशेष अवसर सिर्जना गरेको छ । ग्राहकहले थापाथली र नक्सालस्थि शोरुममा गएर यस अफरबारे प्रत्यक्ष अनुभवसंगै फ्राइडे एसयुभीको आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शनलाई नजिकबाट अनुभव गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने

साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने

साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड...

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली...

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...