आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने
काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...
ईभीको ब्याट्री हेल्थ वारेमा धेरैलाई चासो हुने गर्छ । विशेष गरी प्रयोगमा आइसकेको अथवा पुराना सवारी साधनमा भएको ब्याट्रीको अवस्था के छ भन्ने वारेमा धेरैलाई थाहा हुँदैन । त्यसैगरी नयाँ गाडी पनि प्रयोगमा आइसके पश्चातको अवस्थामा ब्याट्रीको अवस्था के हुने भन्ने वारेमा अन्यौलता कायम छ ।
यसै सन्दर्भमा किया विश्वकै पहिलो कम्पनी बनेको छ, जसले सार्वजनिक रुपमा ब्याट्री पासपोर्ट ट्रायल गर्ने बताएको छ । यो ‘ब्याट्रीको पारदर्शिता मापनका लागि महत्वपूर्ण कदम’ हुने कम्पनीको भनाइ छ । यसले ईभी प्रयोग गर्न चाहनेहरुको डरलाई समेत हटाउन भूमिका खेल्ने छ ।
कियाका अनुसार सो पासपोर्टले लाइभ स्टेट अफ हेल्थ ट्रयाकिङ, रियल टाइम रिपेयर डायग्नोस्टिक र इन्ड–टु–इन्ड ट्रयासेबिलिटी मार्फत ब्याट्री लाइफसाइकल मापन गर्नेछ । विशेष गरी पुराना ईभी प्रयोग गर्न चाहने ईभी ड्राइभरका लागि एक्सटेन्डेड ब्याट्री लाइफ, कम मर्मत खर्च र उच्च स्तरीय विश्वास महत्वपूर्ण हुने गर्छ । ईभी किन्ने वा बेच्नेहरुका लागि यस प्रकारको ब्याट्री हेल्थ पासपोर्टले निकै नै सघाउ पुग्ने छ।
किया युरोपका प्रेसिडेन्ट तथा सीईओ मार्क हेडरिकले यस प्रकारको पासपोर्टबाट ग्राहकलाई अपनत्वको फाइदा दिन प्रयासरत रहेको बताए । यसबाट सवारी साधनप्रतिको विश्वासमा समेत वृद्धि हुने उनको भनाइ छ ।
यस प्रकारको परीक्षण किया ईभी३ मोडलमा भइरहेको छ । यो कियाको सानो इलेक्ट्रिक एसयूभी हो, जसमा डुकोसी ब्याट्री सेल मोनिटरिङ सिस्टम प्रयोग गरिएको छ । ट्रायलका लागि प्रयोग गरिएको गाडीले ब्याट्री प्याकका प्रत्येक सेलको लाइभ डाटा मोनिटर र प्रसारण गरेर यसलाई डिजिटल ब्याट्री पासपोर्टमा अपलोड गर्छ । सो अपलोड गरिएको डाटा कारको इन्फोटेनमेन्ट सिस्टममा रियल टाइम रुपमा हेर्न सकिन्छ । यसबाट मर्मतका लागि आवश्यक कार्य समेत थाहा पाउन सकिन्छ ।
कियाले यो सेवा आगामी सन् २०२७ को फेब्रुअरी देखि सबै इलेक्ट्रिक र हाइब्रिड मोडलमा उपलब्ध गराउने योजना बनाएको छ । युरोपबाट प्रारम्भ गरिने यो सेवा इयु ब्याट्री रेगुलेसन अनुसार उपलब्ध गराइने छ ।
काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...
स्वीडिस कम्पनी हस्कभर्नाले नयाँ इलेक्ट्रिक स्कुटर हस्कभर्ना भेक्टरको...
फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...