एथर रिज्टा एस इलेक्ट्रिक स्कुटरको मूल्यमा २० हजार रुपैयाँ वृद्धि, अब कति ?
काठमाडौं – एथर इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक वैद्य...
काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत शुक्रबारदेखी आयोजना गरेको एक्सचेन्ज मेला आज सम्पन्न हुँदै छ । चाडबाडलाई लक्षित गरी कम्पनीले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुममा मेगा एक्सचेन्ज कार्निभल आयोजना गरेको हो ।
एक्सचेन्ज मेलामा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । दिपल, अवतार, नामी र सेरेसका ईभीहरुमा झुमिरहेका ग्राहकले रोबोटका क्रियाकलाप र रेसिंग सिमुलेटरमार्फत रमाइलो लिएका छन् भने साना केटाकेटीहरु विभिन्न खेलमा रमाइरहेका छन् ।
एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्ना पुराना गाडीहरु साटेर सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्ने अवसर प्राप्त गरेका छन् । यस एक्सचैन्ज मेलाले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शिर्ष ईभी ब्रान्डका चर्चित मोडलहरु एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्ने अवसर जुराएको छ ।
ग्राहकहरुले एक्सचेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरुको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुटका साथै निश्चित मोडलहरुमा अधिकतम १५ लाख रुपैयाँ सम्मको लाभ पाउन सक्नेछन् ।
यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीले नाइट स्टेको अवसर समेत पाउने जनाइएको छ । एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्ट्र प्रिमियम इलेक्ट्रिक एसयुभी अवतारलाई टेस्ट ड्राइभ गर्न समेत पाइनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...