विद्युतीय सवारी प्रवर्धनका लागि कुमारी बैंक र जीआईजेडले सहकार्य गर्ने

काठमाडौं - नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र जीआईजेड अर्थात Gesellschaft für Internationale Zusammenarbeit (GIZ) बीच नेपालको लागि दिगो विद्युतीय यातायात परियोजनाअन्तर्गत एमओयुमा हस्ताक्षर भएको छ ।

यस सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात, विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पु-याउने विश्वास गरिएको छ ।

नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना जिआईजेड नेपाल र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटद्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो । यो परियोजना न्यूनीकरण कार्य सुविधाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ ।

यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पु¥याउनेछ । आर्थिक सिमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।

नेपालको लागि दिगो विद्युतीय यातायात परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन मोबाइल एप्लिकेसन, जीपीएस डिभाइस, एलईडी रुट डिस्प्ले तथा ओपन लुप ई–टिकेटिङ सिस्टम जस्ता डिजिटल सुविधा समेत पनि प्रयोगमा ल्याइएको छ ।

यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेलाई विद्युतीय माइक्रो र मिनीबस प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना र प्रारम्भिक डाउन पेमेन्ट अनुदानको व्यवस्था गर्नेछ । जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ । यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

परीक्षणको क्रममा देखिएको टेस्ला साइबरट्रक कहिले होला लन्च

इलेक्ट्रिक भेइकल कम्पनी टेस्लाको साइबरट्रक परीक्षणको क्रममा देखिएको छ ।...

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

बीवाईडीले नेपालमा पुरा ग-यो ५ वर्ष : पहिलो मोडलको रुपमा एटो ३ भित्रिदै

नेपाली बजारमा चाइनिज इलेक्ट्रिक कार ब्रान्ड बीवाईडी भित्रिएको ५ वर्ष पुरा...

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड इभोक मोटरसाइकलको प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...