टेस्लाले ल्याउँदै मोडल वाईको सस्तो भर्सन

टेस्लाले आफ्नो लोकप्रिय एसयूभी मोडल वाईको नयाँ र किफायती संस्करण पेश गर्ने तयारी गरिरहेको छ। सो कदम कम्पनीको घट्दो बिक्री र बढ्दो बजार प्रतिस्पर्धाको बीचमा आएको हो । नयाँ मोडल वाईको डिजाइन र उत्पादन आफ्नै पुरानो प्लेटफर्ममै आधारित हुने भए पनि यसको मूल्य पहिलेको तुलनामा उल्लेखनीय रूपमा कम हुने बताइएको छ ।

टेस्लाका संस्थापक र सीईओ एलोन मस्कले लामो समयदेखि जनताका लागि सस्तो इलेक्ट्रिक कार ल्याउने वाचा गर्दै आएका थिए । यद्यपि, उनले गत वर्ष २५ हजार अमेरिकी डलरमा नयाँ इलेक्ट्रिक कार बनाउने योजना रद्द गरेका थिए। अब आउने सो मोडल वाईलाई त्यस योजनातर्फको पहिलो ठोस कदमका रूपमा हेरिएको छ।

टेस्लाले हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा दुई छोटा भिडियोहरू सार्वजनिक गरेको छ, जसमा कारको हेडलाइट र पाङ्ग्राहरू देखिएको छ ।

रिपोर्टका अनुसार नयाँ टेस्ला मोडल वाईको मूल्य ३० हजार अमेरिकी डलरभन्दा कम हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले यसअघि नै सो मोडललाई कर क्रेडिट सहित किफायती दायरामा राख्ने संकेत दिइसकेको थियो। गत महिना अमेरिकामा ईभी कर क्रेडिटको अवधि सकिएपछि मूल्य अस्थायी रूपमा बढेको थियो, तर अब सस्तो मोडलको आगमनसँगै बजारमा फेरि माग बढ्ने अपेक्षा गरिएको छ।

साथै टेस्लाले मोडल ३ को सस्तो संस्करण पनि ल्याउने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो आगामी सवारी साधनलाई प्रविधिक रूपमा उन्नत मात्र नभई जनसाधारणका लागि सहज र किफायती बनाउने रणनीति अपनाएको छ। यदि नयाँ मोडल वाई साँच्चै अपेक्षित मूल्यमा बजारमा आउँछ भने, यो टेस्लाका लागि गेम चेन्जर साबित हुनसक्ने बताइन्छ।

सम्बन्धित समाचारहरू

टेस्लालाई उछिन्दै बीवाईडी विश्वको नम्बर वान ईभी कम्पनी बन्न सफल

टेस्लालाई उछिन्दै बीवाईडी विश्वको नम्बर वान ईभी कम्पनी बन्न सफल

बीवाईडीले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधन...

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन...

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपमा चिनियाँ हाइब्रिड कारको वर्चस्व बढ्दै, टेस्लाको बिक्री घट्यो

युरोपेली कार बजार तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। रिपोर्टका अनुसार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...