आधुनिक फिचर र सेफ्टीसहित २०२५ टीभीएस रेडर १२५ छिट्टै लन्च हुँदै

टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा छिट्टै लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो अत्यन्तै लोकप्रिय १२५ सीसी कम्युटर बाइकलाई थप आधुनिक फिचर दिँदै बजारमा उतार्ने तयारी गरेको हो। नयाँ मोडल पहिले नै विभिन्न डिलरशिप र स्टकयार्डमा पुगिसकेको छ ।

नयाँ रेडर १२५ ले होन्डा एसपी १२५ र हिरो ग्ल्यामरसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ। कम्पनीले नयाँ संस्करणमा विशेषगरी सेफ्टी, ह्यान्डलिङ र परफर्मेन्समा सुधार ल्याएको छ, जबकि इन्जिन प्लेटफर्म भने उस्तै छ।

२०२५ रेडर १२५ मा अब सिंगल-च्यानल सुपर मोटो एबीएस र दुबै छेउमा ड्युअल पेटल-प्रकारका डिस्क ब्रेक उपलब्ध छ । यसले रेडरलाई आफ्नो सेगमेन्टमा पछाडिको डिस्क ब्रेकसहितको पहिलो मोटरसाइकल बनाउनेछ। बाइकमा फ्रन्टमा ९० सेक्सन र पछाडि ११० सेक्सनकाे फराकिलो टायर पनि जडान गरिएको छ । सस्पेन्सनका लागि अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन राखिएको छ ।

नयाँ रेडरमा १२४.८ सीसीको एयर-कुल्ड, थ्री भल्व, सिंगल-सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले करिब ११.२ हर्सपावर र ११.७ एनएम टर्क उत्पादन गर्छ। सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ। यसपटक टीभीएसले पावर बढाउनेभन्दा पनि ब्रेकिङ कन्फिडेन्ट र ह्यान्डलिङ सुधारमा ध्यान केन्द्रित गरेको छ।

बाइकमा पहिलेका जस्तै एलईडी हेडल्याम्प, टेलल्याम्प र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समावेश छ ।  साथै, टप ट्रिम्समा ५ इन्चको टीएफटी डिस्प्ले, भ्वाइस असिस्ट र नेभिगेसन सुविधा पनि उपलब्ध छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...