टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ । मिडिया रिपोर्टका अनुसार सो नयाँ मोटरसाइकल अपाचे आरटीएक्स ३०० हुनेछ ।

टीभीएसले पहिलो पटक आफ्नो नयाँ इन्जिन आरटी–एक्सडी४ लाई सोही नयाँ मोटरसाइकलमा प्रयोग गर्दैछ । २९९ सीसी क्षमताको उक्त इन्जिनले ९ हजार आरपीएममा ३४.५ बीएचपी पावर र ७ हजार आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्दछ । सो नयाँ इन्जिनलाई स्लिपर क्लच मार्फत ६–स्पीड गियरबक्ससँग जोडिने जनाइएको छ ।

अगाडि यूएसडी फोर्क र पछाडि मोनो–शक जडान हुने आरटीएक्स ३०० मा डुअल च्यानल एबीएस उपलब्ध हुने जनाइएको छ । यसमा रोड गोइङ एडजस्ट गर्न सकिने स्प्रिङ्स पनि यसमा देख्न सकिन्छ । साथै बाइकमा एलईडी लाइट, राइड मोड, पूर्ण रूपमा डिजिटल कन्सोललगायत अन्य धेरै एडभान्स फिचर हुने अपेक्षा गरिएको छ ।

नयाँ बाइक मस्कुलर बडी प्यानलका साथ आउनेछ । साथै यसको हार्डवेयरमा ट्युब टायरसहितको वायर स्पोक ह्विलमा माउन्ट गरिएको फ्रन्ट र रियर डिस्क ब्रेक सेटअप हुनेछ । यसमा टीभीएसले १९ वा २१ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराउनेछ । कम्पनीले यसलाई अफरोड र अनरोड बाइकको रूपमा पनि उपलब्ध गराउन सक्छ ।

लन्चिङ पछि सो बाइकले भारतीय बजारमा हिरो एक्सप्लस, केटीएम २५० एड्भेन्चर र रोयल इन्फिल्ड हिमालयन ४५० सँग प्रतिस्पर्धा गर्नेछ । सो बाइक टीभीएसको सबैभन्दा महँगो बाइक पनि हुनेछ ।

सम्बन्धित समाचारहरू

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

यी बाइकमा छ एबीएस : वर्षामा चलाउदा बाइक चिप्लने खतरा हुन्छ कम

एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम नभएको बाइक ड्राइभ गर्नु खतरनाक हुन्छ...

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

नयाँ जुपिटर ११० को टिजर सार्बजनिक, २ दिनपछि लन्च हुने

टिभिएसले अपडेटेड जुपिटर ११० को टिजर तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।...

नयाँ टीभीएस एनटर्क १५० यस वर्ष लन्च हुँदै, यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्ने तयारी

नयाँ टीभीएस एनटर्क १५० यस वर्ष लन्च हुँदै, यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्ने तयारी

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय स्कुटर एनटर्कको नयाँ संस्करण १५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...