फरारी सुपरकारसँग प्रतिस्पर्धा गर्ने पहिलो सुपरकार ल्याउँदै ग्रेटवाल मोटर, मूल्य आधा कम

ग्रेटवाल मोटर अर्थात जीडब्लुएमले सन् २०२६ को अन्त्य सम्ममा पहिलो सुपरकार सार्वजनिक गर्ने भएको छ । सो सुपरकार चीनको पहिलो वास्तविक सुपरकार हुने र यसको विकास गत चार पाँच वर्ष पहिले देखि नै भइरहेको छ ।

जीडब्लुएमका चेयरम्यान वेई जियानजुनले सो कुरा बताएको र यसको जानकारी अटो होमले प्रकाशित गरेको छ । उनको नेतृत्वमा अल्ट्रा लक्जरी भेइकल बिजनेस ग्रुप स्थापित गरिएको र यस अनुसार नै सो कार्य भइरहेको बताइएको छ ।

यो वर्षको शुरुमै जिजिन अटो अर्थात कन्फिडेन्स अटोको नाममा ट्रेडमार्क दर्ता भएको जानकारी सामेत अनलाइनमा सार्वजनिक भएको थियो । ग्रेटवाल मोटरले दर्ता गरेको सो ट्रेडमार्कको चर्चा निकै नै भएको थियो । रिपोर्ट अनुसार जिजिन अटो चाहिं ग्रेटवाल ग्रुप अन्तर्गत अल्ट्रा लक्जरी सेगमेन्ट ब्रान्ड हुनेछ, जुन बीवाईडीको याङवाङ जस्तै हुनेछ ।

जीडब्लुएमको ३५औं वार्षिकोत्सवको अवसरमा गत जुलाई महिनामा सो मोडलको झलक सार्वजनिक गरिएको थियो । वाइड फेन्डर र लो स्ट्यान्स सहित कभर गरिएको सो गाडीको मोडलको डिजाइन र पर्फमेन्सको वारेमा भने जानकारी सार्वजनिक गरिएको छैन । यद्यपि जीडब्लुएमका सीटीओ वु हुइजियाओले फरारी एसएफ९० जस्तै मोडलमा कम्पनीले नयाँ सुपरकार विकास गरिरहेको बताएका थिए । यसमा कम्पनीले आफै विकास गरेको ४.०टी ट्विन टर्बो भी८ इन्जिन रहेको र यसमा प्लग इन हाइब्रिड कन्फिगरेसनको इलेक्ट्रिक मोटर रहेको छ । यसले १००० एचपी पावर दिने र शून्य देखि १०० किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमै लिन सक्ने अनुमान गरिएको छ । यसको टप स्पिड ३५० किलोमिटर प्रतिघण्टा हुनेछ ।

जे भए पनि चिनियाँ बजारमा उपलब्ध भए पश्चात यो सुपरकारले प्रतिष्ठित युरोपियन मोडलहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अनुमान गरिएको छ । यसको मूल्य करिव २ लाख ८० हजार डलर हुनेछ, जुन फरारी एसएफ९० भन्दा आधा रकम कम हो ।

सम्बन्धित समाचारहरू

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजार भन्दा बढी सवारी निर्यात

जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल...

फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल भित्रिदै

फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल भित्रिदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...