वर्षातमा सुरक्षित यात्राः सडक जोखिम र अपनाउनुपर्ने सावधानीहरू

नेपालमा मनसुन बाहिरिने समयमा थप सक्रिय हुँदार मौसमी प्रकृतिले सडक यात्रालाई सजिलो भन्दा बढी चुनौतीपूर्ण बनाएको छ । विशेषगरी वर्षा शुरु भएलगत्तै हाम्रो जस्तो भू–बनोट भएको देशमा वर्षाले निम्त्याउने पहिरो, बाढी, डुबान र सडक अवरुद्ध हरेक वर्षको नियति जस्तै बनेको छन् । 

यातायात अवरुद्ध हुँदा सर्वसाधारण अलपत्र पर्छन्, दुर्घटनामा ज्यान जाने वा घाइते हुने दुखद समाचार हामीले बारम्बार सुन्दै आएका छौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नियमित रूपमा वर्षाका चेतावनी सहित उच्च जोखिमयुक्त पहाडी तथा हिमाली जिल्लाहरूमा रात्रिकालीन यातायातमा प्रतिबन्ध लगाउनुपर्ने सुचना जारी गर्दै गर्दा यस्तो अवस्थामा, आफ्नो र प्रियजनको सुरक्षाका लागि हरेक यात्रु तथा चालकले विशेष सावधानी अपनाउनु आवश्यक छ ।

वर्षातको यात्राका लागि अनिवार्य सुरक्षा सावधानीहरू

१. सवारी साधनको अवस्था –
टायरको ग्रिप (ट्रेड डेप्थ) राम्रो भएको सुनिश्चित गर्नुहोस् । खिइएको टायरले चिप्लो सडकमा समात्न नसकेर दुर्घटना निम्त्याउन सक्छ । त्यस्तै, विन्डशिल्ड वाइपर ब्लेड काम गर्ने अवस्थामा छन् कि छैनन् ? हेडलाइट, टेललाइट र इन्डिकेटर सबै चालु भएको नभएको, जाँच गर्नुहोस् र आवश्यकता अनुसार बदल्नुहोस् ।

 पानीमा भिजेपछि ब्रेकको क्षमता कम हुन्छ । पानी जमेको बाटो पार गरेपछि बिस्तारै ब्रेक पम्प गरेर ब्रेक सही ढंगले काम गरिरहेको सुनिश्चित गर्नुहोस् ।

 वर्षाको बेला सिसामा भित्रबाट वाफ जम्छ । यसलाई हटाउन डिफगर वा एसी प्रयोग गर्नुहोस्, गाडीमा सुख्खा कपडा राख्नुहोस् तथा आवश्यक परे सिसा केही खोल्नुहोस् ।

२. चालकका लागि व्यवहारिक नियमहरू
गति घटाउने र दूरी बढाउनेः भिजेको सडकमा गाडी चिप्लिने जोखिम उच्च हुन्छ । सामान्य गतिभन्दा कम गतिमा मात्र सवारी साधन चलाउनुहोस, अगाडिको गाडीभन्दा सुरक्षित दोब्बर दूरी कायम गर्नुहोस् ।

 हेडलाइटको प्रयोगः दिउँसै पनि, भिजिबिलिटी कम हुँदा डिप्ड हेडलाइट बाल्नुहोस् । यसले तपाईँको बाटो उज्यालो बनाउनुका साथै अरू चालकहरूले तपाईँलाई टाढैबाट देख्न सक्छन् । हाइ बिम प्रयोग नगर्नुहोस्, किनकि वर्षाको पानीमा प्रकाश परावर्तन भई झनै धमिलो देखिन्छ ।

 सडकमा पानी जमेको छ भने त्यसको गहिराइ नजानी पार गर्ने प्रयास नगर्नुहोस् । पानीले खाल्डाखुल्डीहरू लुकाउन सक्छ, जसले गाडीको इन्जिनमा क्षति पु-याउन वा दुर्घटना गराउन सक्छ ।

 पहाडी क्षेत्रका मोड, घुम्ती र भीरहरूमा विशेष होसियारी अपनाउनुहोस् । हर्न बजाएर मात्र अगाडि बढ्नुहोस् ।

३. यात्रा योजना र आपतकालीन तयारी
सम्भव भएसम्म दिउँसोको समयमा मात्रै यात्रा गर्नुहोस्, रात्रिकालीन यात्राले जोखिम धेरै बढाउँछ ।

 घरबाट निस्कनुअघि मौसम पूर्वानुमान र सडक अवस्थाको पछिल्लो जानकारी (जस्तैः ट्राफिक प्रहरी वा स्थानीय प्रशासनको सूचना) अनिवार्य रूपमा लिनुहोस् ।

 आपत्कालीन सामग्रीः गाडीमा प्राथमिक उपचार किट, टर्च लाइट, पावर बैंक, पानीको बोतल र सामान्य मर्मतका उपकरणहरू समावेश भएको आपत्कालीन किट राख्नुहोस् ।

 पहिरो गएका क्षेत्रबाट जथाभावी पार गर्ने प्रयास नगर्नुहोस् । सम्बन्धित निकायले सडक सफा नगरेसम्म सुरक्षित स्थानमा पर्खनुहोस् ।

नेपालमा मौसमी चुनौती नयाँ होइन तर त्यसलाई हल्का रूपमा लिनु घातक हुन सक्छ । वर्षातको यात्रामा धैर्यता नै सबैभन्दा ठूलो सुरक्षा हो । अनावश्यक हतार र लापरवाहीले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । तसर्थ प्रत्येक यात्रु र चालकले पनि सजगता र अनुशासन पालना गर्नु उत्तिकै महत्वपूर्ण हुन्छ ।

अन्त्यमा, तपाईँको जीवन अमूल्य छ, सुरक्षित यात्रा गर्नुहोस् !

विष्णु थापा
प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, अँधेरी, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

ट्राफिक व्यवस्थापनमा खटिए निर्वाचन प्रहरी

काठमाडौँ–निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ उपत्यकामा सवारी चाप बढ्दै...

चीनले सञ्चालनमा ल्यायो पानी मुनि बनेको सबैभन्दा लामो सुरुङ मार्ग

चीनले सञ्चालनमा ल्यायो पानी मुनि बनेको सबैभन्दा लामो सुरुङ मार्ग

चीनमा पानी मुनि बनेको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । गत...

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...