नेपाली मोटर स्पोर्ट्सको ऐतिहासिक सफलता : आशिष भारती बने अटो जिमखाना च्याम्पियन

काठमाडौं - नेपालका मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि दिलाएका छन् । श्रीलंकामा सम्पन्न एसिया प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप अन्तर्गतको अटो जिमखाना सोलोमा उनले सो उपाधि हासिल गरेका छन् ।

गत सेप्टेम्बर २६ मा सुरु भएर सेप्टेम्बर २८ अर्थात आइतबार सम्पन्न सो प्रतियोगितामा आशिषले सो उपलब्धि हासिल गरेका हुन् । १४ देशका २८ ड्राइभरलाई पछि पार्दै उनले फाइनल राउन्डमा सो उपाधि हात पारेका हुन् । सो प्रतियोगितामा चाइनिज ताइपेईका कुन याओ सेङले दोस्रो र फिलिपिन्सका रिचार्ड ग्यालार्डोले तेस्रो स्थान हासिल गरे । यो भन्दा पहिले उनले एसिया अटो जिमखाना च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेका थिए ।

ललितपुरका ३१ वर्षिय आशिष (रोनी) भारती फोर ह्विलर्स रेसिङमा नेपालका उत्कृष्ट खेलाडी हुन् । यस अघि मलेसियामा भएको एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा पनि आशिष सहभागी भएका थिए ।

सन् २०११ मा फिलिपिन्सिमा मेकानकिल इन्जिनियरिङ अध्ययनको क्रममा उनको मोटर स्पोर्ट्सतर्फ आकर्षण बढ्यो । त्यहाँ ‘पेट्रोल हेड्स’ साथीहरूले उनलाई मोटरस्पोर्ट्स र कार कल्चरसँग जोडे । त्यही सिलसिलामा उनले फिलिपिनो अंकल इनरिके म्यागनो र सौन मेनेसिसको प्रशिक्षणमा रेसिङबारे थप सिक्न र बुझ्न पाए ।

नेपाल फर्केपछि २०१७ मा फक्सवागन अटो जिमखाना प्रतिस्पर्धामा सहभागी भई नेपाली मोटरस्पोर्ट्समा प्रवेश गरेका उनले अटोमोबाइलकै क्षेत्रमा काम गर्ने भएकाले टेस्ट ड्राइभ मार्फत थ्रोटल र स्टेयरिङ कन्ट्रोल लगायत सीप सिके ।

भारत र थाइल्यान्डमा २०१८, इन्डोेसियामा २०१९ र मलेसियामा २०२३ मा भएका अन्तर्राष्ट्रिय स्तरको अटो जिमखाना प्रतियोगितामा उनले भाग लिएका छन् । राष्ट्रिय प्रतियोगिताहरूमा भने अटो जिमखाना चितवन २०२३, टाइम अट्याक च्यालेन्ज २०२२, नेसनल अटोक्रस २०२४ र माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभल २०२५ मा उपाधि जितेका छन् ।

पूर्वाधारको अभावले श्रीलङ्का तयारीमा कठिनाई भए पनि, दैनिक ड्राइभिङले उनको भेइकल ह्यान्डलिङ सम्बन्धी ज्ञानमा ठूलो योगदान पु¥याएको छ ।

उनको रमाइलो भनाइ छ, ‘म कार नै खान, पिउन र सुत्न सक्छु - यो मेरा लागि जीवनशैली हो ।’

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपाली मोटर स्पोर्ट्समा यो ऐतिहासिक सफलता भएको बताए ।

‘नेपाली मोटर स्पोर्ट्स सबैभन्दा ठूलो सफलता हो यो । अहिलेसम्म १६ वर्षमा यो तहको सफलता पहिलो पटक हो । हामीले सोचेका थियौँ तर छिटै हात लाग्यो’ भट्टराईले भने, ‘रोनी नेपालको उत्कृष्ट खेलाडी भएकोले पोडियममा पुग्छ भन्ने विश्वास गरेका थियौँ ।’ नेपालमा पनि मोटर स्पोर्ट्स हुन्छ भनेर अहिले एसियाले नै थाहा पाएक भट्टराईले बताए ।

रोनीले एक दशकको मिहिनेतबाट यो सफलता प्राप्त गरेको हो । मोटर स्पोर्ट्समा एक-दुई वर्ष मात्र नभएर लगातारको मिहिनेतले पदक जित्न सकिन्छ भन्ने रोनीको सफलताले प्रमाणित गरेको छ ।

एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपका अन्य विधामा अन्य खेलाडीहरु समेत सहभागी भएका छन् । सो प्रतियोगितामा भाग लिन र अन्य व्यवस्थापनका लागि नासा नेपालका अतिरिक्त मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय संस्था एफआईए र नेपालको बागमती खेलकुद विकास परिषदको समेत सहयोग रहेको भट्टराईले बताए ।

संसारका अन्य देशहरुमा गाडी कम्पनीहरुले नै यस्तो टिम निर्माण र अन्य कार्यका लागि प्रायोजन गर्ने गरेको पाइन्छ । नेपालको अटोमोबाइल क्षेत्र अझै विकास हुने क्रममा छ । स्पोर्टी कार र अन्य सवारी साधन भित्र्याउने सवारी साधन आयातकर्ता कम्पनी र स्वयं सरकारी निकाय राष्ट्रिय खेलकुद परिषदले समेत आगामी दिनमा मोटर स्पोर्ट्सका लागि आवश्यक कार्य गर्ने वातावरण विस्तारै बन्दै जाने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

महिला राइडरलाई नगरकोट राइडमा सहभागी गराई क्रसफायरले मनायो नारी दिवस

महिला राइडरलाई नगरकोट राइडमा सहभागी गराई क्रसफायरले मनायो नारी दिवस

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्व्लिस...

चितवनमा महिला मोटर र्‍याली आयोजना हुने

चितवनमा महिला मोटर र्‍याली आयोजना हुने

चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ। बागमती प्रदेश अटोमोबाइल्स...

आगामी आइतबार देखि ‘सेफ ड्राइभ, सेभ लाइभ्स’ रेडियो कार्यक्रम सञ्चालन हुने

आगामी आइतबार देखि ‘सेफ ड्राइभ, सेभ लाइभ्स’ रेडियो कार्यक्रम सञ्चालन हुने

काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...