ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत ल्याउने भएको छ । भारतमा हालै लागु गरिएको नयाँ जिएसटीबाट लाभ लिन कम्पनीले यस्तो निर्णय लिएको हो ।

३५० सिसीमा आएपछि सो नयाँ बाइकलाई रोयल इन्फिल्डका मोडलसंग प्रतिस्पर्धा गर्न समेत सहज हुने कम्पनीको अनुमान छ । नयाँ मोटरसाइकल हालको ३९९ सिसी इन्जिनमै आधारित रहने भएपनि यसमा सानो बोर भने केहि सानो हुनेछ । जसकारण यसको पिक आउटपुट समेत अलि कम हुने अपेक्षा गरिएको छ ।

३५० सिसी मुनिका मोटरसाइकलमा यसअघि लाग्दै आएको २८ प्रतिशत जिएसटीलाई घटाएर १८ प्रतिशतमा झोपरिछ बजाज अटोले यस्तो निर्णय लिएको हो । नयाँ नियम अनुसार, ३५० सिसी माथीका मोटरसाइकलमा ४० प्रतिशत जिएसटी लाग्नेछ ।

नयाँ ३५० सीसी इन्जिन ट्रायम्फका हाल उपलब्ध सम्पूर्ण मोडलमा समेत रोल आउट गरिने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । जसअनुसार, स्पीड टी४, स्पीड ४००, स्क्र्याम्बलर ४०० एक्स, स्क्र्याम्बलर ४०० एक्ससी र थ्रक्सटन ४०० समेत ३५० सिसी इन्जिमा उपलब्ध हुनेछ । बजाजले निर्यात बजारका लागि भने ४०० सीसी संस्करणको उत्पादनलाई समेत निरन्तरता दिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय

बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय

बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा...

आउने भयो अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर

आउने भयो अहिलेसम्मको सबैभन्दा ठूलो बजाज पल्सर

बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले...

पल्सर सिरिजका २ नयाँ मोटरसाइकल नेपाली बजारमा

पल्सर सिरिजका २ नयाँ मोटरसाइकल नेपाली बजारमा

बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...