२ घण्टा सम्म पार्किङ गर्दा शुल्क नलाग्ने, पार्किङ वा बहुतल्ले भवनमा १० वर्ष सम्पत्ति कर छुट
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरिने...
पोखरा - राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैँ मोबाइल एप सुरु गरेका छन् ।
सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन ‘मुभइन’ नामको अनलाइन एप सोमबार सार्वजनिक गरिएको हो । सुरुमा एप प्रयोग गर्न चालक वा ग्राहक दुवैले कुनै शुल्क तिर्नु नपर्ने र विस्तारै देशैभर सेवा पु¥याउने योजना रहेको कम्पनीले जनाएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले एप सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्न माग गरे । “चारपाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ । यस एपमार्फत व्यवसायी प्रविधिमैत्री बन्न तयार रहेको सन्देश प्रस्ट भएको छ” उनले भने ।
पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एप सञ्चालनले शहरको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार ट्याक्सी व्यवसायीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुनेछ । निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एप प्रयोगमा आएपछि चोकमा उभिएर ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य हुने बताए ।
हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन् भने पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसबाट यात्रुले आफ्नै गेटबाट ट्याक्सी बोलाउने सुविधा पाउने विश्वास लिइएको छ । एपको प्राविधिक विकासमा पोखराका आइटी इन्जिनियर रविन तिवारीसहित ४५ जनाको टोलीले झण्डै एक वर्ष समय खर्चेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले एप सार्वजनिक यातायातलाई प्रविधिमैत्री र सहज बनाउन ल्याइएको बताए । उनी भन्छन्,“हामीले एपलाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाएका छौँ, भविष्यमा पनि नाफाको ठूलो हिस्सा व्यवसायीको हितमै खर्च गरिनेछ ।”
प्रारम्भिक चरणमा एप प्रयोगबापत कम्पनीले कुनै कमिसन नलिने घोषणा गरेको छ । चालकहरू एपमा सक्रिय देखिन न्यूनतम ५०० रुपैयाँ ब्यालेन्स राख्नुपर्ने तर सो रकम नकाटिने व्यवस्था गरिएको छ । यात्रु र चालकलाई एप प्रयोगबारे सचेत गराउन विशेष अभियान चलाइने पनि पराजुलीले बताए ।
निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारी भन्छन्, “यो बच्चा जन्मिसकेको छ, अब यसलाई हुर्काउने, बढाउने काम हाम्रो काँधमा छ, आफ्नो पेसालाई सम्मानजनक बनाउन यसले टेवा पु¥याउनेछ ।”
जेठ महिनामा गण्डकी मन्त्रिपरिषदले राइड सेयरिङ सम्बन्धी नियम पारित गरेपछि यातायात व्यवसायीले कडा विरोध जनाए । उनीहरूले एक सातासम्म यातायात ठप्प पारेर देशव्यापी आन्दोलन पनि गरेका थिए ।
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरिने...
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री...
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका ५ वटा बाइकसहित दुई जनालाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...