विश्वको विद्युतीय सवारी बजारमा चीनको बर्चश्व बढ्दै
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी...
एप्पलले आफ्नो कारप्ले सिस्टमलाई इतिहासकै सबैभन्दा ठूलो अपडेटसहित आईओएस २६ मार्फत प्रस्तुत गरेको छ। यस अपडेटपछि कारप्ले केवल नक्सा वा संगीतमा सीमित हुने छैन, बरु यो सम्पूर्ण स्मार्ट र अनुकूलन योग्य इन-कार अनुभवमा परिणत हुने भएको छ।
आईओएस २६ मा कारप्लेले नयाँ ‘लिक्विड ग्लास’ डिजाइन पाएको छ। एप आइकन, मेनु र अन्य युजर इन्टरफेस इलिमेन्टलाई फेरि आधुनिक ढंगले तयार गरिएको छ। नयाँ डिजाइन, विजेटहरू, भिडियो स्ट्रिमिङ, र थप सुविधाहरूका कारण प्रयोगकर्ताले कारको ड्यासबोर्डलाई अब आफ्नो आईफोन जस्तै प्रयोग गर्न सक्नेछ ।
पहिलो पटक, कारप्लेमा विजेटको सुविधा थपिएको छ। यसका माध्यमबाट प्रयोगकर्ताले क्यालेन्डर घटनाहरू, मौसम विवरण वा अन्य महत्त्वपूर्ण जानकारी कारको स्क्रिनमै सहजै हेर्न सक्नेछन्, चाहे त्यस्तो एपले कारप्ले समर्थन गरेको होस् वा नभएको होस्।
सबैभन्दा आकर्षक परिवर्तन भनेको भिडियो स्ट्रिमिङ हो। अब कार पार्क गरिएको अवस्थामा प्रयोगकर्ताले आफ्नो आईफोनबाट एयरप्ले मार्फत कार डिस्प्लेमै भिडियो हेर्न सक्नेछन् । तर यो सुविधा सबै कारमा उपलब्ध हुने छैन, किनकि यसलाई सक्रिय पार्ने अधिकार कार निर्माता कम्पनीकै हातमा हुनेछ।
साथै आईफोनमा देखिने डेलिभरी ट्र्याकिङ, उडान अपडेट वा खेलकुद स्कोर पनि प्रत्यक्ष कारप्लेमा पनि देखिनेछ।म्यासेज र कल सुविधामा पनि परिवर्तन गरिएको छ। म्यासेजमा ट्यापब्याक वा पिन गरिएका कुराकानी प्रयोग गर्न सकिनेछ भने आउने कलहरू सानो विन्डोमा मात्र देखिनेछ । एप्पल म्यापमा मल्टि-टच सपोर्ट थपिएको छ । यसमा स्मार्ट डिस्प्ले जुम सुविधा, टेक्स्ट साइज समायोजन र कारप्ले स्क्रिनसट अन–अफ गर्ने विकल्पसमेत थपिएको छ।
अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सन् २०२५ मा आफ्ना विश्वव्यापी...
विर्तामोड – डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स...
काठमाडौं – रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...