सल्लाघारी ओमोडा एन्ड जेइको शोरुममा ‘फेस्टिभ कार्निभल’ चल्दै

काठमाडाैं - भक्तपुरको सल्लाघारीस्थित ओमोडा एन्ड जेइकोको शोरुममा ३ दिने ‘फेस्टिभ कार्निभल’ को शुभारम्भ भएको छ । ‘फेस्टिभ राइड मेगा ड्राइभ’ नाराका साथ सुरु भएको यो भव्य कार्यक्रमले ईभी गाडीप्रेमीहरूलाई थप उत्साह र अवसरको नयाँ रंग थप्ने विश्वास लिइएको छ ।

केडिया ग्रुपका डाइरेक्टर अनिल केडियाको प्रमुख आतिथ्यता रहेको कार्निभलको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत भक्तपुर जिल्लाका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो । आइतबारसम्म चल्ने यो कार्निभलमा आकर्षक छुट, विशेष सुविधा र नयाँ गाडीको प्रदर्शनीले ग्राहकहरूलाई लोभ्याउने निश्चित छ ।

कार्निभलमा सहभागी भएर गाडी किन्ने ग्राहकहरुले एक्सचेन्ज बोनस, ७ किलोवाटको होम चार्जर, १ वर्षको निःशुल्क बीमा र फेष्टिभ अफरअन्तर्गत हरेक मोडलका गाडीको मूल्यमा ग्राण्ड डिष्काउन्ट पनि पाउने छन् । कार्निभलमा ‘जेइको जे ५’ पहिलोपटक प्रदर्शनमा राखिएको छ । याे गाडी यसै वर्ष नाइमा मोबिलिटी एक्सपोमा लन्च गरिएको हो ।

पहिलो पटक भक्तपुरको सल्लाघारी शोरुममा राखिएको यो गाडीमा लेभल २ एड्भान्सड् ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरूफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । जे५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सटुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड–रो सिट, २५६–कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू पनि समावेश रहेका छन् ।

ओमोडा एन्ड जेइकोको सल्लाघारी शोरुमका म्यानेजिङ डाइरेक्टर तथा बिजनेस पार्टनर प्रतिक दाहालले दसैँ–तिहारको रमझमअघि ग्राहकहरूले आफूलाई मनपर्ने गाडीको बारेमा विस्तृत जानकारी लिन, टेस्ट ड्राइभमार्फत अनुभव गर्न र आफ्नो आवश्यकता अनुसारको गाडी छनोट गर्न सकुन् भन्ने उद्देश्यले यो फेस्टिभ कार्निभल आयोजना गरेकाे जानकारी दिए ।

यो फेस्टिभ कार्निभल केवल गाडी प्रदर्शनी मात्र होइन, यो एक उत्सव हो जसले प्राविधिक नवप्रवर्तन, ग्राहक सन्तुष्टि र उत्सवको भावनालाई एकसाथ जोड्छ ।

सम्बन्धित समाचारहरू

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

सोकोन ब्राण्डको इलेक्ट्रिक भ्यान भोली सार्बजनिक हुँदै

काठमाडौं– एमएडब्लु वृद्धि अटोकर्पले भोली नेपाली बजारमा नयाँ इलेक्ट्रिक...

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरी अटोमोबाइलले आफ्नो पहिलो पूर्ण–विद्युतीय पिकअप ट्रक, हिमला (रिली आर०८)...

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुने, ईभी ब्रान्ड दिपल मुख्य प्रायोजक हुने

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुने, ईभी ब्रान्ड दिपल मुख्य प्रायोजक हुने

काठमाडौं – छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...