दशैको उत्सव मनाउन सुजुकीले ल्यायो मोटरसाइकल र स्कुटर किन्दा आकर्षक अफर

काठमाडौं - सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले यस वर्षको दशै र तिहार पर्वलाई लक्षित गर्दै ग्राहकहरुका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

‘दशैको उत्सव, सुजुकीसँगै मिलन र प्रगतिको सुनौलो यात्रा’ भन्ने नारा सहित सुरु गरिएको सो अफर अन्तर्गत ग्राहकहरुले ५० हजार रुपैयाँ सम्मको क्यास डिस्काउन्ट र विशेष एक्सचेन्ज बोनस प्राप्त गर्नेछन् ।

अफर अन्तर्गत सुजुकी एभेनिस स्कुटरमा १० हजार सम्मको एक्सचेन्ज बोनस, जिक्सर मोटरसाइकलमा ७ हजार सम्मको एक्सचेन्ज बोनस पाइने छ ।

सुजुकी मोटरसाइकल र स्कुटर किन्न चाहने ग्राहकका लागि शून्य प्रतिशत सर्भिस चार्ज सहित इजी फाइनान्स सुविधा उपलब्ध भएको कम्पनीको भनाइ छ । यस वाहेक टेस्ट राइडमा चासो राख्ने ग्राहकहरुले नजिकैको सुजुकी शोरुममा गएर सजिलै टेस्ट राइड लिन सक्ने छन् ।

भीजी अटोमोबाइल्सका अनुसार सो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । कम्पनीले दशै तिहारको पर्वलाई अझ स्मरणीय बनाउन सबै ग्राहकहरुलाई सुजुकीसँगै प्रगतिको यात्रा सुरु गर्न आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

निषेधाज्ञाको प्रत्यक्ष प्रभाव : तत्काल रोकिए नेपालमा यी पाँच गाडीको बुकिङ र लन्चिङ

काठमाडौं – बैशाख १६ देखि निषेधाज्ञा लागू गरिए पश्चात नेपाली बजारमा उपलब्ध...

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ ई–स्कुटर लन्च गर्ने

सुजुकीले पनि इलेक्ट्रिक स्कुटरमा ध्यान केन्द्रित भइरहेको छ । सुजुकीले...

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

सुजुकी अर्टिगा अब टोयोटा अर्टिगा बन्ने, अगस्तमा लन्च हुने

हाल मारुती सुजुकीले बिक्री गरिरहेको मल्टी परपोज भेइकल (एमपीभी) अर्टिगा अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...