डोङफेङको प्रिमियम ब्रान्ड भोयाले सार्वजनिक ग-यो फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज

डोङफेङ मोटरको प्रिमियम न्यु इनर्जी भेइकल ब्रान्ड भोयाले यसको नयाँ युगको फ्ल्यागसिप एसयूभीको क्यामोफ्ल्याग टिजर इमेज सार्वजनिक गरेको छ ।

आन्तरिक रुपमा ‘टाइसान’ कोडनेम दिइएको सो एसयूभी टेक्नोलोजी जायन्ट हुवावेaको क्वाइनकुन एडीएस ४.० अल्ट्रा फोर–लिडार सोलुसनद्वारा सुसज्जित छ । यस अनुसार सो एसयूभीमा लेभल थ्री कन्डिसनल अटोनोमस ड्राइभिङ क्षमता हुनेछ । यो वर्षको चौथो क्वाटरमा सो गाडी औपचारिक रुपमा बजारमा उपलब्ध हुने बताइएको छ ।

भोया टाइसान एउटा फुल साइज ६ सिटर एसयूभी हुनेछ । यसको लम्बाई ५.३ मिटर जति हुनेछ भने ह्विलबेस ३.१ मिटर हुनेछ । टायनयुआन आर्किटेक्चरमा रहेको सो एसयूभी डोङफेङले आफै विकास गरेको भेइकल कन्ट्रोल प्लेटफर्मका साथ उपलब्ध हुनेछ, जसलाई हुवावेको क्वाइनकुन अटोमोटिभ कन्ट्रोल मोड्युलले सञ्चालन गर्नेछ ।

भोयाले अन्य गाडीमा उपलब्ध गराएको फेमिली डिजाइन जस्तै भोया टाइसानको फ्रन्ट फेस हुनेछ । यसमा सेन्ट्रल भर्टिकल स्क्वायर ग्रिल, बटममा दुईवटा उस्तै भेन्ट र स्लेन्डर हेडलाइट हुनेछन् । यसको फ्रन्ट रुफमा लिडार रहनेछ । यसको पछिल्लो भागमा एकनास जस्तै देखिने टेललाइट हुनेछ । साइडमा हेर्दा यो गाडीमा सेमी–हिडन स्टाइलका डोर ह्यान्डल र मल्टी–स्पोक रिम हुनेछ ।

हाल कम्पनीले यसको इन्टेरियर र अन्य पावरट्रेनको वारेमा थप जानकारी प्रदान गरेको छैन । यद्यपि कम्पनीका एक व्यक्तिले यो भन्दा पहिले हुवावेसँग मिलेर बनाइएको टाइसानको टेस्ट भइरहेको र यसमा हुवावेको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र स्मार्ट ककपिट हुने बताएका थिए ।

केही चाइनिज मिडियाहरुले उल्लेख गरे अनुसार सो गाडी बीईभी र पीएचईभी भेरिएन्टमा उपलब्ध हुनेछ । बीईभी ड्युअल मोटर फोर ह्विल ड्राइभ सिस्टममा उपलब्ध हुनेछ र यसको कम्बाइन्ड मोटर पावर ५०० किलोवाट हुनेछ । यसले ० देखि १०० किलोमिटर सम्मको दुरी ४ सेकेन्ड भन्दा कम समयमै पुरा गर्नेछ । यसलाई बढी क्षमताको ब्याट्री प्याकसँग पेयर गरिने छ र सीएलटीसी रेन्ज ७०० किलोमिटर सम्म दिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक...

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

६५० रुपैयाँ खर्चमा इलेक्ट्रिक स्कुटरमार्फत श्रेष्ठले सम्पन्न गरे पूर्व पश्चिम यात्रा

कठमाडौं – सेगवेको इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले...

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...