देशभर सवारी साधनमा क्षति, अटो हबको रुपमा परिचित थापाथलीका शोरुममा आगलागी

काठमाडौं - देशभरका विभिन्न स्थानमा भएका आन्दोलनको क्रममा अटोमोबाइल व्यवसायीका शोरुमहरु समेत निसानामा परेका छन् । जेनजीको आन्दोलनका क्रममा भाद्र २४ गते भएको आन्दोलनको क्रममा जथाभावी शोरुममा क्षति पु¥याइएको हो ।

यसै सन्दर्भमा काठमाडौंको थापाथलीस्थित विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् । सो क्रममा त्यहाँ भएका सवारी साधनमा समेत क्षति पुगेको छ ।

अटो हबको रुपमा परिचित थापाथलीमा रहेका विभिन्न कम्पनीका शोरुमहरु जलेका छन् । आन्दोलनकारीहरुले सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्प, चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङको शोरुम आगजनी गरेका छन् ।

यस्तै महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नि इनकर्पोरेट र हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको शोरुम तोडफोड गरिएको छ। पोखरास्थित नयाँ बजारका शोरुममा समेत क्षति पुगेको छ ।

काठमाडौंको बग्गीखानामा ट्राफिक प्रहरीको पोशाक लुटपाट गरिनुका साथै केही मोटरसाइकल समेत लुटपाट गरिएको छ ।

आन्दोलनका क्रममा देशभरका सरकारी, व्यावसायिक तथा निजी सवारी साधनमा क्षति पुगेको छ । यसबाट अर्बौ रुपैयाँ क्षति भएको आँकलन गरिएको छ । अटोमोबाइल व्यवसायीहरुले हाल देशभर भएका सवारी साधन क्षतिको विवरण संकलन भइरहेको बताएका छन् ।

सम्बन्धित समाचारहरू

जुम्ला-जाजरकोट सुरुङ्गमार्ग निर्माण हुँदै

जुम्ला-जाजरकोट सुरुङ्गमार्ग निर्माण हुँदै

सुर्खेत – जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ ।...

मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

मापसे गर्नेलाई सडकमा उभ्याउने गृहमन्त्रीकाे निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको...

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

स्टेयरिङ समाउँदा जिम्मेवारी पनि समाउनुहोस्

सडक केवल गन्तव्यमा पुग्ने मार्ग मात्र होइन, हजारौँ मानिसका सपना, आशा र जीवन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...