थर्ड पार्टी इन्स्योरेन्स अर्थात तेस्रो पक्षीय मोटर बीमा भनेको के हो ? कसरी गरिन्छ ? फाइदा के ?
नेपालमा वि.सं. २०६२ सालमा मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६२ लागू गर्दै...
आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । यससँगै सडकमा डिहँडुल गर्न तथा सवारी चलाउन रोक लगाइएको छ । तर, कफ्र्युको समयमा पनि अत्यावश्यक सेवाका केही सवारी साधन भने चलाउन पाइने छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुरका अनुसार कर्फ्युको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीहरूको सवारीसाधन, संचारकर्मीहरूको सवारीसाधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारीसाधनहरू चलाउन पाइने छ ।
यसका साथै, हवाई टिकटका आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।
मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी भएको हो।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यु जारी भएको हो।
त्यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।- ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।
मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने भनिएकाे छ ।
नेपालमा वि.सं. २०६२ सालमा मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६२ लागू गर्दै...
सुर्खेत – जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ ।...
काठमाडौं–एमएडब्लू फाउण्डेसनले उपत्यका ट्राफिक प्रहरीलाई १० थान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...