लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं - यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना ललितपुरबाट दुईपाङ्ग्रे सवारीसाधनको सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण सेवा सुरु भएको छ। २२ औँ निजामती सेवा दिवसका अवसरमा आइतबार आयोजित सेवा उद्घाटन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले ब्लुबुक नवीकरण सेवाको उद्घाटन गरेका हुन्।
मन्त्री थापाले सेवाग्राहीलाई एउटै कामका लागि फरक फरक कार्यालय धाउनुपर्ने बाध्यता हटाउन एकान्तकुना कार्यालयबाट पनि ब्लुबुक नवीकरण सेवा विस्तार गरिएको बताए।
कार्यालयले उपलब्ध दरबन्दी अनुसार कर्मचारी संचालन दैनिक १ हजार ५०० देखि २ हजार जनालाई सेवा दिन मिल्ने व्यवस्था मिलाइएको छ।
हाल कार्यालयले दैनिक करिब २०० देखि ३०० सवारी चालक अनुमतिपत्र नवीकरण गर्दै आएको र त्यति नै संख्यामा नयाँ अनुमतिपत्रको आवेदन दर्ता गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...