इटहरीमा दिपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज, अत्याधुनिक ईभी र मानव रोबोट अनुभव गर्न पाइने

इटहरी – नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दावी गरिएको कम्पनी दिपलले कोशी प्रदेशको महत्वपूर्ण सहर इटहरीमा अत्याधुनिक सोरुमको उद्घाटनको अवसरमा शुक्रबारबाट चार दिनका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ ।

नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर इटहरीमा शुक्रबार उद्घाटन हुने दिपलको नयाँ सोरुममा ग्राहकले भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ र दिपलका मानव रोबोटको अनुभव गर्न पाउने छन् ।

विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ र अल्ट्रा प्रिमियम लक्जरी एसयूभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

भर्खरै सम्पन्न नाडा अटो शो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल सावित भएको कम्पनीको भनाइ छ ।

यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउने छन् ।

सो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डग पनि प्रदर्शनीमा राखिनेछ, जसले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाइने छ ।

सम्बन्धित समाचारहरू

८ हजार ३०० डलरमै आयो चेरीको नयाँ मिनि कार, यस्तो छ रेन्ज र विशेषता

८ हजार ३०० डलरमै आयो चेरीको नयाँ मिनि कार, यस्तो छ रेन्ज र विशेषता

काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले नयाँ क्यूक्यू डमी इलेक्ट्रिक कार...

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...

तेलको मूल्य बढ्दा बीवाईडीलाई फाइदा, बढायो ईभी बिक्रीको अन्तर्राष्ट्रिय लक्ष्य

तेलको मूल्य बढ्दा बीवाईडीलाई फाइदा, बढायो ईभी बिक्रीको अन्तर्राष्ट्रिय लक्ष्य

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...