पावर र माइलेजको हिसाबले अद्भुत संसारका १० हाइब्रिड एसयूभी
बजारमा अहिले धेरै नयाँ र उत्कृष्ट विकल्पहरू उपलब्ध भएकाले २०२५ मा...
चिनियाँ कम्पनी भोयाहले २०२६ को नयाँ भोयाह ड्रिम मोडल लन्च गरेको छ। यसलाई विश्वकै पहिलो द्रुत चार्जिङ र रियर-ह्विल स्टेयरिङयुक्त प्लग-इन हाइब्रिड एमपीभी भनिएको छ। कम्पनीले यस मोडलको कुल ड्राइभिङ रेन्ज लगभग १५२९ किलोमिटर रहेको दाबी गरेको छ। सो कारले टेस्ला सहितका विश्वकै प्रमुख इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्नेछ।
सो कारमा ८००भी प्लेटफर्ममा तयार पारिएको ६२.५ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । यसको प्लग-इन हाइब्रिड संस्करणले अब ५सी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसकाे ब्याट्रीले मात्र ३५० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ भने कुल १५२९ किलोमिटर रेन्ज प्रदान गर्छ । यसको इलेक्ट्रिक भर्जनले एक पटक चार्ज गर्दा करिब ७०० किलोमिटर दुरी तय गर्छ ।
२०२६ भोयाह ड्रिम एमपीभीले ६५७ एचपी पावर र ९१५ एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि ६० माइल प्रतिघण्टासम्मको गति ६ सेकेन्डभन्दा कम समयमा तय गर्छ । यसको उच्चतम गति १२६ माइल प्रतिघण्टा रहेको कम्पनीले बताएको छ।
सो कारलाई विश्वकै पहिलो प्लग-इन हाइब्रिड एमपीभीको रूपमा प्रस्तुत गरिएको छ जसमा रियर ह्विल स्टेयरिङ जस्ता फिचर थपिएको छ । सो कार साँघुरो बाटो र पार्किङ स्थानमा सहज पार्क गर्न सकिन्छ । साथै यसको ५सी फास्ट चार्जिङ सिस्टमको सहयोगले यसलाई १२ मिनेटमै २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
यसमा हुवावेको कियानकुन एडीएस ४.० प्रविधि पनि जडान गरिएको छ। यसमा हाई रिजोल्युसन १९२ लाइन लिडार र ४डी मिलिमिटर वेभ राडार लगायत २७ विभिन्न सेन्सर समावेश छ । यसले अटोपाइलटमा शहरी तथा राजमार्ग नेभिगेसन सुविधा, अटोमेटिक पार्किङ तथा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ। कम्पनीले सो सिस्टम एडीएस ३.० भन्दा अझ स्मार्ट र सुरक्षित भएको दाबी गरेको छ ।
बजारमा अहिले धेरै नयाँ र उत्कृष्ट विकल्पहरू उपलब्ध भएकाले २०२५ मा...
इलेक्ट्रिक गाडी र हाइब्रिड गाडीमध्ये कुन बढी वातावरणमैत्री भन्ने बहस फेरि...
हाइब्रिड कारले अहिले धेरैलाई आकर्षित गरिरहेको छ । माइलेजको हिसाबले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...