यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर

एथर इनर्जीले नयाँ ईएल प्लेटफर्म, एथरस्टेक ७.० सफ्टवेयर, नेक्स्ट जेन फास्ट चार्जर र इनफिनाइट क्रुज कन्ट्रोल सिस्टम लन्च गरेको छ। साथै कम्पनीको लोकप्रिय स्कुटर रिज्टा जेड पनि अपडेट गरिएको छ।

नयाँ ईएल प्लेटफर्म भर्सेटिलिटी, स्केलेबिलिटी र कास्ट आप्टिमाइजेसनको लागि डिजाइन गरिएको हो । सो प्लेटफर्मले एउटै बेसमा फरक फरक सेगमेन्टको स्कुटर बनाउने सुविधा प्रदान गर्छ । सो प्लेटफर्म २६ लाख किलोमिटरको फिल्ड डाटाको आधारमा तयार गरिएको हो । यसमा नयाँ च्यासिस, पावरट्रेन र इलेक्ट्रोनिक्स स्ट्याक प्रयोग गरिएको छ। साथै, १५ प्रतिशत छिटो एसेम्बली, दुई गुणा छिटो सर्भिसिङ र १० हजार  किलोमिटरको सर्भिस इन्टरभल सुविधासमेत दिइएको छ।

कम्पनीले यसपटक कन्सेप्ट एथर रेडक्स पनि प्रस्तुत गरेको छ, जसमा स्कुटर र मोटरसाइकलको गतिशीलताबीचको नयाँ संयोजन देखाइएको छ। यसमा अल्ट्रा–लाइट आल्मुनियम फ्रेम, थ्रीडी प्रिन्टेड सिट, एम्प्लिटेक्स बडी प्यानल, पोसर–आधारित मोड चेन्ज, मोर्फ–यूआई, अल्ट्रा–फास्ट एक्सेलेरेसन र भ्वाइस असिस्टेन्टजस्ता सुविधा थपिएको छ ।

एथरस्टेक ७.० सफ्टवेयरमा भ्वाइस इन्टरएक्सनलाई सपोर्ट गर्छ। यसमार्फत नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको सहायताले सहज कुराकानी गर्न सकिन्छ। साथै, यसमा रियल टाइम अलर्ट, लोकेशन सेयरिङ, टायर प्रेसर अपडेट, दुर्घटना अलर्ट, पार्क सेफ र लस्ट मोडजस्ता सुविधा उपलब्ध छ। सो सफ्टवेयरमार्फत ओटीए अपडेट पनि गर्न सकिन्छ। यसमा एड्भान्स्ड क्रुज कन्ट्रोल, सिटीक्रुज सुविधा जसले ९० किलोमिटर प्रतिघण्टासम्म बिना ब्रेक डिसएन्गेज गर्न सक्छ, साथै हिल कन्ट्रोल र क्रावल कन्ट्रोलजस्ता विशेषता पनि थपिएको छ ।

अपडेटेड रिज्टा जे८ स्कुटरमा टचस्क्रिन ड्यासबोर्ड, नयाँ टेराकोटा रेड ड्युअल टोन कलर र नयाँ इको मोड समावेश गरिएको छ। साथै कम्पनीले यसमा नयाँ ६ किलोवाट क्षमताको फास्ट चार्जर प्रस्तुत गरेको छ, जसले १० मिनेटमै ३० किलोमिटर दूरी तय गर्न सकिने बताइएको छ।

सम्बन्धित समाचारहरू

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर...

एथर रिज्टाको बिक्री २ लाख युनिट नाघ्यो, बजार तीव्र गतीमा विस्तार

एथर रिज्टाको बिक्री २ लाख युनिट नाघ्यो, बजार तीव्र गतीमा विस्तार

एथरको फेमिली स्कुटर रिज्टाले २ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ ।...

एथर रिज्टाको बिक्री १ लाख युनिट नाघ्यो, नेपालमा प्रतीक्षा गरिँदै

एथर रिज्टाको बिक्री १ लाख युनिट नाघ्यो, नेपालमा प्रतीक्षा गरिँदै

एथरको सबैभन्दा सस्तो स्कुटर रिज्टा १ वर्षमा १ लाख युनिट बिक्री भएको छ । गत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...