चाडपर्वको अवसरमा ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सुरु, जिकर एक्समा हुनेछ यस्तो छुट

काठमाडौं – नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा विशेष ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागु हुनेछ ।

दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको हो। यो चाडपर्व अफर अन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्।

यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।

जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् र यो गाडीले युरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।

यस चाडपर्व अवधिमा जिकर एक्स सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध हुने कम्पनीले बताएको छ ।

सम्बन्धित समाचारहरू

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

९९ हजारमै याडियाको स्मार्ट र सुबिधासम्पन्न इलेक्ट्रिक साइकल, यस्तो छ विशेषता

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवनमा नामी सार्वजनिक, चितवन बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

चितवन – नेपालमा डोङफेङ ईभीको आधिकारिक वितरक एएमएडब्लू वृद्धिले चितवनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...