चीनमा चार्जिङ युनिटको संख्या १ करोड ६७ लाख पुग्यो, मासिक विद्युत खपत कति ?

विश्वको सबैभन्दा ठूलो अटो बजार चीनले पछिल्लो समय विद्युतीय कार(ईभी) को बिक्रीमा निकै ठूलो फड्को मारेको छ । ईभी उत्पादनको हब बनिसकेको चीनले सवारीसाधनको बिक्रीसँगै यसका लागि आवश्यक पूर्वाधारकाे विकासमा समेत संसारलाई नै चकित पार्ने गरी काम गरिरहेको छ ।

ईभीका लागि अत्यावश्यक मानिने चार्जिङ पूर्वाधारमा चीनले अहिले विश्वका सबै देशलाई पछि पारेको छ । गत जुलाईको अन्त्यसम्म चीनले कुल १ करोड ६७ लाख चार्जिङ युनिट संचालनमा ल्याइसकेको छ । चार्जिङ पूर्वाधारकाे विकासमा चीनले हरेक वर्ष ५० प्रतिशतभन्दा बढीका दरले बृद्धि हासिल गरिरहेको छ भने सन् २०२० को तुलनामा १० गुणाले यस्ता नेटवर्क विस्तार भैसकेका छन् ।

चीनले यस वर्षको सात महिनामा मात्रै ३८ लाखभन्दा बढि चार्जिङ युनिट थपेको जनाइएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९० प्रतिशतभन्दा बढी हो । यसरी सञ्चालनमा आएका चार्जिङ स्टेशनले हरेक महिना ७ अर्व ७१ करोड किलोवाट आवर विद्युत खपत गर्ने गरेको नेश्नल ईनर्जी एड्मिनेस्ट्रेसनका निर्देशक वाङ ह्वाङ्जीले बताए ।

चार्जिङ नेटवर्कको विस्तारमा चीनका १५ वटा कम्पनीले वर्चश्व कायम गरेका छन् । जसमा सबैभन्दा बढी टीएलईडीको मात्रै देशभर ८ लाख ७ हजार युनिट चार्जर छ भने दोस्रो धेरै स्टार चार्जले ७ लाख भन्दा बढी चार्जर जडान गरेका छन् ।

कम्पनीतर्फ सबैभन्दा धेरै निओको २८ हजार ६८१ युनिट चार्जर रहेको जनाइएको छ । निओपछि दोस्रो धेरै चार्जर राख्ने कम्पनीमा एलआई अटो रहेको छ । एलआई अटोले १५ हजार ६५५ युनिट चार्जर राख्दा टेस्लाको १४ हजार भन्दा बढी छ । त्यसैगरी, एक्सपेङको १२ हजार ३०० र जीकरको ८ हजार ४०० युनिट चार्जर रहेका छन् ।

सम्बन्धित समाचारहरू

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

वर्ल्डलिंकको भुक्तानीमा नामीको ईभी जित्ने अफर

वर्ल्डलिंकको भुक्तानीमा नामीको ईभी जित्ने अफर

काठमाडौं- नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैंको...

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

बजार मूल्यमा हुन्डाइलाई उछिन्यो कियाले

कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...