रेडर बन्यो टीभीएसको सबैभन्दा बढी बिक्री हुने मोडल, मासिक ४० हजार युनिट बिक्री
बजारमा उपलब्ध भएको दुई वर्षको अवधिमै भारतमा टीभीएस रेडरले बिक्रीका आधारमा...
टीभीएसले आफ्नो ईभी लाइनअपमा नयाँ स्कुटर थपेको छ । कम्पनीले अर्विटर नामक नयाँ इन्ट्री–लेभल इलेक्ट्रिक स्कुटर लन्च गरेको हो । हालको आइक्युब भन्दा तलको यस मोडलको मूल्य ९९ हजार ९०० भारु निर्धारण गरिएको छ ।
फ्युचरिष्टिक डिजाइनमा तयार पारिएको सो नयाँ स्कुटरको अगाडिको एप्रोन वरिपरि एलईडी डीआरएल स्ट्रिपका साथ स्लिक एलईडी हेडल्याम्प उपलब्ध गराइएको छ । यसमा छोटो विन्डस्क्रिन तथा ३४ लिटर क्षमताको अन्डर स्टोरेजसहित फ्ल्याट सिट र फ्ल्याट फुटबोर्ड राखिएको छ ।
स्कुटरमा ३.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा १५८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
अगाडि १४ इन्चको ह्विल र पछाडि १२ इन्चको ह्विल जडान गरिएको सो स्कुटर टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि डुअल शक अब्जर्ब सस्पेन्सन सेटअपद्वारा सुसज्जित छ ।
डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल राखिएको अर्बिटरमा टर्न–बाई–टर्न नेभिगेसन र ओभर–द–एयर अपडेट जस्ता सुविधाहरू छन् । यसले एन्टी–थेफ्ट, क्र्यास र जियो–फेन्सिङ अलर्टहरू पनि प्रदान गर्दछ । साथै, क्रुज कन्ट्रोल, हिल–होल्ड असिस्ट, पार्किङ असिस्ट र इको तथा पावर सहित दुई राइडिङ मोडहरू पाउन सकिन्छ ।
बजारमा उपलब्ध भएको दुई वर्षको अवधिमै भारतमा टीभीएस रेडरले बिक्रीका आधारमा...
काठमाडौं – टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले...
काठमाडौं– निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...