सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा उत्पादन सुरु, मूल्य सेप्टेम्बरमा सार्वजनिक हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटाराको उत्पादन औपचारिक रूपमा सुरु गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो ईभी सार्वजनिक गरे ।

सो इलेक्ट्रिक एसयूभी करिब १०० अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गरिनेछ। नयाँ सुजुकी ई-भिटारा अटो एक्स्पो २०२५ मा प्रस्तुत गरिएको थियो ।

सुजुकी ई-भिटारामा ६१.१ किलोवाट आवर र ४८.८ किलोवाट आवर गरी दुई ब्याट्री प्याक विकल्पसहित उपलब्ध हुनेछ । दुवै विकल्प सिंगल इलेक्ट्रिक मोटरसँग जोडिएको छ । कम्पनीको दाबी अनुसार एक पटकको चार्जमा ५०० किलोमिटरको दूरी तय गर्न सक्षम हुनेछ। साथै यसमा डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई ५० मिनेटमा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ।

सो इलेक्ट्रिक एसयूभी डेल्टा, जेटा र अल्फा गरी ३ भेरिएन्टमा उपलब्ध हुनेछ । साथै ड्युअल टोन शेड विकल्पमा पनि सो कार उपलब्ध हुनेछ।

नयाँ सुजुकी ई-भिटारामा आधुनिक फिचर समावेश गरिएको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रिक सनरुफ, एडीएएस सुइट, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस मोबाइल चार्जर, ड्राइभ मोड, ७ एयरब्याग, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल १० इन्च स्क्रिन, १८ इन्च अलोय ह्विल, फग लाइट तथा थ्री पोइन्ट एलईडी डीआरएल र टेललाइट उपलब्ध हुनेछ।

कम्पनीले अहिलेसम्म ई-भिटाराको मूल्य घोषणा गरेको छैन। सम्भवत: यसको मूल्य सेप्टेम्बर २०२५ मा सार्वजनिक गरिनेछ। ई–भिटारा हालै नेपालमा सम्पन्न नाडा अटो शो २०२५ मा पनि सार्वजनिक गरिएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...