कलाकार मनोज गजुरेल भन्छन् – ट्राफिक जरिवाना तिर्दा पनि करोडको मज्जा आयो

काठमाडौं - कलाकार मनोज गजुरेलले ट्राफिक प्रहरीले जरिवाना तिराउँदा करोडको मज्जा आएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो अनुभव सेयर गर्दै गजुरेलले लापरबाहीपूर्वक सवारी चलाएको अर्थात मोबाइलमा कुरा गर्दै गाडी चलाएको कारण ५ सय रुपैयाँ जरिवाना तिरेको उल्लेख गरेका छन् ।

यो जरिवानासँगै गाडी चलाउँदा मोबाइलमा कुरा गर्ने बानी छुट्नेमा पनि गजुरेल आशावादी भएका छन् ।

प्रविधिको प्रयोगले सेवा प्रवाह सहज भएको उल्लेख गरेका गजुरेलले देशमा केही हुँदै नभएको नभएर सोचेजति मात्र नभएको र छिट्टै सबै कुरा सोचेजस्तै हुने पनि विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन् साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो । जे होस्, देशमा केही हुँदै नभएको चाहिं होइन । सोचेजति नभएको मात्र हो तर केही केही त अवश्य हुँदैछ ।

उनको भनाइ जस्ताको तस्तै :

रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो । र, वाकीटकीमा सोध्नुभयो- ‘सर….नं. गाडीको कसुर ?’ जवाफ आयो-‘लापरवाहीपुर्वक गाडी चलाएको ।’ मैले सोधेँ- ‘कस्तो लापरबाही !’ भन्नुभयो- ‘गाडी हाँक्दै मोबाईल चलाएको ।’ थप्नुभयो-‘क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।’

फेरी प्रश्न गर्नुभयो- ‘नागरिक एप चलाउनुहुन्छ ?’ एप देखाएपछि भन्नुभयो- ‘अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला !’

म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा रु.५०० जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ😁मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् ।

‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिवाना मेरो ‘ड्राईभ एण्ड मोबाईल’को खराब बानी संभवत: अब छुट्छ होला ! ट्राफिक प्रहरीले पनि सुचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दैरहेछ । बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ । मुख्य कुरा- ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नैलागि दुर्घटनाको कारण बन्न सक्थ्यो ! साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो । जे होस्, देशमा केही हुँदै नभएकोचाहीँ होईन । सोचेजति नभएको मात्र हो तर केही केही त अवस्य हुँदैछ ।

सम्बन्धित समाचारहरू

यस्ता गाडी प्रयोग गर्थे पूर्वराजा त्रिभुवन र महेन्द्रले : अब सबैले हेर्न पाइने

यस्ता गाडी प्रयोग गर्थे पूर्वराजा त्रिभुवन र महेन्द्रले : अब सबैले हेर्न पाइने

पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार...

खुला ढोका, बन्द सुरक्षा – परिचालकको लापरवाहीले निम्त्याउने मृत्यु जोखिम

खुला ढोका, बन्द सुरक्षा – परिचालकको लापरवाहीले निम्त्याउने मृत्यु जोखिम

काठमाडौंको कोटेश्वरमा गत मंसिर ७ गते घटेको एक दर्दनाक घटनाले हाम्रो...

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै, २८ प्रतिशत प्रगति

नारायणगढ–बुटवल सडक विस्तारले गति लिँदै, २८ प्रतिशत प्रगति

काठमाडाैं – लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...