एमक्यूबद्वारा बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा

काठमाडौं - एमक्यूब नेपालले बीवाईडी नेपालसँगको सहकार्यमा काठमाडौं क्रोनिकल्सको आयोजना गर्ने घोषणा गरेको छ ।

यस अन्तर्गत मूल आकर्षणको रुपमा काठमाडौँ उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा “ट्रेजर हन्ट” आयोजना गरिने छ ।

सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बीवाईडीका गाडीमार्फत यी स्थलहरूमा लगिनेछ, जहाँ उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन्।

नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाडौँ क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो। एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौँद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको छ।

यो कार्यक्रम म्यारियटका एमआईसीई अर्थात मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिबिसन पार्टनर र सरोकारवालाहरूका लागि विशेष रूपमा तयार पारिएको हो। यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौँको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ।

काठमाडौँ क्रोनिकल्सको मूल आकर्षण भनेको काठमाडौँ उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने “ट्रेजर हन्ट” हो।

यसले नेपाललाई एमआईसीई (मिटिङ, इन्सेन्टिभ, कन्फ्रेन्स र एक्जिबिसन) गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक भेला र सम्मेलनहरूलाई अनौठा सांस्कृतिक अनुभवसँग संयोजन गर्न सकिने प्रमाणित गरेको छ।

ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थानहरू रमाइलो गर्न, ज्ञान साटासाट गर्न र टिम स्पिरिट जगाउन सहयोग हुने अनुभवहरूमा परिणत हुनेछन्।

कार्यक्रम म्यारियट काठमाडौँबाट सुरु भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ, जहाँ विजेता टोलीलाई “काठमाडौँ एक्सपट्र्स”को उपाधि समेत प्रदान गरिनेछ।

एमक्यूब र बीवाईडीबीचको यस सहकार्यले सहभागीहरूलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौँलाई सम्पदा र आतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा लन्च भयो अर्को दमदार ईभी बीवाईडी सिल, तीन भेरिएन्टमा उपलब्ध

नेपालमा लन्च भयो अर्को दमदार ईभी बीवाईडी सिल, तीन भेरिएन्टमा उपलब्ध

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

देशभर बीवाईडीका ४३ फास्ट चार्जर, ईभी चार्जिङका लागि चिन्ता नलिन आग्रह

काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

काठमाडौं–चिनियाँ ईभी जायन्ट बीवाईडीले जापानमा आफ्ना कारको बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...