राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्न ६.१० प्रतिशत ब्याजदरमा १ करोड सम्म कर्जा दिने

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्ति अनुसार विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध हुनेछ ।

बैंकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी घर कर्जा अन्तर्गत २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।

सम्बन्धित समाचारहरू

आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव

आगामी मौद्रिक नीतिका लागि गभर्नरलाई नाइमाले दियो यस्तो सुझाव

काठमाडौँ – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स...

नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने

नेपाल बैंकका कर्मचारी र ग्राहकले हुन्डाईका गाडी किन्दा ८१ हजार सम्म थप छुट पाउने

काठमाडौं – नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक...

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुछ्रे बैंक मार्फत कर्जा सुविधा

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुछ्रे बैंक मार्फत कर्जा सुविधा

काठमाडौँ । इकोविट ब्राण्डका विद्युतीय स्कुटर र माछापुछ्रे बैंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...