सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल
काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या...
काठमाडौं–नाडा अटो शो २०२५ मा उत्कृष्ट स्टलको पुरस्कार दिपल, रोयल इनफिल्ड, डीएफएसके र हिट्को प्रालिले पाएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७ औँ संस्करणको नाडा अटो शो २०२५ मा सवारी साधनमा उत्कृष्ट स्टलको पुरस्कार पाएका हुन् ।
अटो शोमा उत्कृष्ट स्टलको रुपमा कम्पोनेन्टतर्फ हिट्को प्रालि, टु ह्विलर तर्फ अल्फा अटोमोटिभ (रोयल इन्फिल्ड), फोर ह्विलर तर्फ एमएडब्लु वृद्धि (दिपल) र लाइट कमर्सियल भेइकल तर्फ डीएफएसके (अद्वैत ईभी प्रालि) उत्कृष्ट स्टल बने । त्यसैगरी बैंक तथा इन्स्योरेन्समा ग्लोबल आईएमई बैंकले सो अवार्ड जितेको छ ।

यस पटकको नाडा अटो शोमा १३५ वटा स्टल राखिएको थियो भने ३० वटा नयाँ सवारी साधन लञ्च भएका थिए ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रा.लि.का तर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहने गरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।

नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा चिनिने नाडा अटो शो हरेक वर्ष आयोजना हुँदै आएको छ । यही भदौ ३ गतेदेखि संचालन भएको नाडा अटो शो भदौ ८ गते आइतबार समापन भएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...