सवारी दर्ताको समस्या समाधान गर्न नाडा र काठमाडौं जिल्ला प्रशासन कार्यालयबीच छलफल
काठमाडौं – चाडपर्व नजिकिँदै गर्दा सवारीसाधन दर्तामा देखिएका समस्या...
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न मोडलका मोटरसाइकललाई प्रदर्शनीमा राखेको छ । जोनसेनको नेपालका लागि आधिकारिक वितरक स्यामुकापु ट्रेडिङले १२० सीसीदेखि २५० सीसी सम्मका मोटरसाइकल सोकेस गरिरहेको छ । कम्पनीले सोकेस गरेको मोडलमा शक्तिशाली अफरोड मोेटरसाइकलदेखि प्रिमियम मोडलका बाइक सामेल छन् ।
कम्पनीले प्रदर्शनीमा राखेको २१६.५ सीसी इन्जिन क्षमताको मोटरसाइकलको मूल्य ५ लाख २५ हजार, १४९.४ सीसीको ३ लाख ३० हजार, १९६.४ सीसीको ३ लाख ७५ हजार र ११९.६ सीसीको २ लाख ७५ हजार, १२५ सीसीको ३ लाख ३५ हजार तथा १२४ सीसीको २ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, १९६.४ सीसी क्षमतायुक्त मोटरसाइकलको ३ लाख ८४ हजार, १९८.८ सीसीको ४ लाख ५५ हजार, २३० सीसीको ४ लाख ७० हजार, २१७ सीसीको ४ लाख ८० हजार तथा २५० सीसीको ६ लाख ५० हजार रुपैँया तोकिएको छ ।
सन् १९९६ देखि मोटरसाइकल उत्पादन गर्दै आएको जोनसेन चीनको उत्कृष्ट ५०० इन्टरप्राइजेज तथा ३० अटोमोबाइल कम्पनीमा सामेल रहेको जनाइएको छ । जोनसेनले विश्वका ८० भन्दा बढी राष्टमा वार्षिक ३ लाख बढी मोटरसाइकल निर्यात गर्दै आएको छ । इलेक्ट्रिक टु–ह्विलर समेत बिक्री गर्नेे जोनसेनले ७० लाखभन्दा बढी कम्पोनेन्ट उत्पादन गर्दै आएको छ ।
नाडा अटो शोमा कम्पनीले नगद छुटका साथै आकर्षक फाइनान्स स्किम र अन्य सुबिधा समेत प्रदान गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...