नाडा अटो शो २०२५ : ४ दिनमै १ लाख बढी दर्शक, देशका विशिष्ट व्यक्तिबाट अवलोकन

काठमाडौं — नाडा अटो शो २०२५ लाई ४ दिनमै १ लाख बढी दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नाडाले दिएको जानकारी अनुसार, अटो शोले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस वर्ष, केवल ४ दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ ।

नाडा अटो शो मा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य हरि ढकाल, प्रतिनिधि सभा सदस्य शिशिर खनाल तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा लगायतले अवलोकन गरेका हुन् ।

त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवभलपमेन्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रदर्शनीको अवलोकन गरेका छन् ।

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ इन्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल टीमकी कप्तान सवित्रा भण्डारी समेतले नाडा अटो शो २०२५ को अवलोकन गरेका हुन् ।

यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको प्र्र्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका छन् । अवको बाँकी दुई दिनमा अन्य विशिष्ट व्यक्तीहरुले पनि अवलोकन गर्ने अपेक्षा नाडाले राखेको छ ।

‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा शुभारम्भको रूपमा लिन्छु । यसले हाम्रो अपेक्षामा अझ बृद्धि भएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ’ नाडा अध्यक्ष करण चौधरीले भने ।

सम्बन्धित समाचारहरू

मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने व्यवसायीहरुको भनाइ

मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने व्यवसायीहरुको भनाइ

काठमाडौं – करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र आइतबार नेपाल...

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र...

प्रतिस्थापन विधेयकप्रति नाडाको स्वागत र गुनासो, अर्थमन्त्रीको प्रष्टीकरण

प्रतिस्थापन विधेयकप्रति नाडाको स्वागत र गुनासो, अर्थमन्त्रीको प्रष्टीकरण

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनले बजेट प्रतिस्थापन विधेयकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...