नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

काठमाडौं – नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल फर्थिङ फ्राइडेले ‘फ्राइडे टु फ्राइडे, २०२५ – २०३०’ नामक पाँच वर्षे विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीको भनाइ छ ।

नेपालमा फर्थिङ फ्राइडे ईभीलाई लक्ष्मी समूहअन्तर्गतको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालिले बिक्री–वितरण गर्छ । फ्राइडे टु फ्राइडे स्किमअन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउने छन् ।

लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार फ्राइडे टु फ्राइडे अफर ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ फाइदाजनक बनाउन तयार गरिएको हो। यस अफरसँगै, फर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा, र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम ईभी ब्रान्डको रूपमा स्थापित गरेको कम्पनीको भनाइ छ।

लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो ईभीको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार

पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

यस्तो हुनेछ यूरोपमा बिक्री हुने सिट्रोन ईसी–३, स्टायल र पावरट्रेन पुरै फरक हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले युरोपेली बजारमा बिक्री हुने ईसी–३ बारे...

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...