साइमेक्स इंकले ग-यो बीवाईडी ईभीको मूल्य समायोजन, ९१ हजार देखि १० लाख सम्म बढ्यो मूल्य
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
काठमाडौं–बीवाईडीको वहुप्रतिक्षित एसयूभी एट्टो२ लन्च भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाडा अटो शो २०२५ मा एट्टो २ सार्वजनिक गरेको हो । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो ईभी सार्वजनिक गरे ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।
५१.१३ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल–२ एडास दिइएको छ । यस कारले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
बीवाइडीले यसमा ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट जस्ता आधुनिक फिचर दिएको छ ।
बीवाईडीको एट्टो २ को प्रतिस्पर्धीका रुपमा एमजी एस५, लिपमोटर बी१०, फरथिङ फ्राईडे र हुन्डाई क्रेटा रहेका छन् । साथै, नाडा अटो शोमार्फत नै लन्च भएको अर्को नयाँ विद्युतीय एसयूभी नामी ०६ समेत यसको नजिकको प्रतिस्पर्धी हो ।
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
बीवाईडीले आफ्नो १ करोड ४० लाखौं न्यू इनर्जी भेइकल ब्राजिलस्थित प्लान्टमा...
काठमाडौं – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नै कोरला नाका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...