नाडा अटो शोको अवसरमा सारथी इकुटरमा २५ हजार नगद छुट

काठमाडौं–सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले नाडा अटो शो २०२५ लाई लक्षित गरी नगद छुट योजना ल्याएको छ । मंगलबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी अफर सँचालन गरिएको होे ।

उक्त अटो शोमा कम्पनीले सहभागिता नलिपनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सँचालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउने छन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउनेछन् । नगद नहुने ग्राहकले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्ष सम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ ।

३ हजार ९ सयवाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।

कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।

नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरुमध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । कम्पनीले विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रिवितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

वुलिङले ल्यायो पावर बैंक जस्तै विभिन्न स्थानमा पु-याउन सकिने सेल्फ ड्राइभिङ ईभी चार्जर

वुलिङले ल्यायो पावर बैंक जस्तै विभिन्न स्थानमा पु-याउन सकिने सेल्फ ड्राइभिङ ईभी चार्जर

ईभी निर्माता कम्पनी वुलिङले ईभी चार्जिङका लागि महत्वपूर्ण समाधानको रुपमा...

रेन्ज कम दिएको गुनासो पछि दिल्ली सरकारले हटायो नेक्सन इभीमा सहुलियत

रेन्ज कम दिएको गुनासो पछि दिल्ली सरकारले हटायो नेक्सन इभीमा सहुलियत

इलेक्ट्रिक भेइकलमा दिल्ली सरकारले उपलब्ध गराउँदै आएको सहुलियत नेक्सन...

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...