राष्ट्रिय राजमार्गलाई समेट्ने गरी थप ४२४ वटा चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं–सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्वलाई ध्यानमा राख्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजनाको खाका तयार गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल निजीक्षेत्र समेतको गरी देशभर ४५० हाराहारी चार्जिङ स्टेशन स्थापना भएका छन् । अधिकांश शहरी क्षेत्रमा ती चार्जिङ स्टेशन रहेकोमा राजमार्गमा चाहिने चार्जिङको सन्दर्भमा अध्ययन गरी गुरुयोजना तयार पारिएको हो ।

जल तथा ऊर्जा आयोगको सचिवालयले हालै जारी गरेको गुरुयोजनाअनुसार नेपालका सम्पूर्ण राष्ट्रिय राजमार्गहरूको सञ्जाललाई समेटने गरी २५ देखि १०० किलोमिटरको उपयुक्त दूरीमा चार्जिङ स्टेशन राखिनेछ । प्रतिवेदनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अन्तर्गत चार्जिङ स्टेशन निर्माण गर्न उपयुक्त हुने गुरुयोजनामा उल्लेख छ ।

ट्राफिक घनत्व, जमिनको उपलब्धता, बाढीको जोखिम, सडकको अवस्थाले विद्युतीय सवारीमाथि पार्ने प्रभाव र विद्युतीय ग्रीडहरूको पहुँच बिन्दुजस्ता पक्षलाई आधार मानेर करीब १४ हजार ९१३ किलोमिटर क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरिनेछ ।

नेपालको सडक यातायात प्रणालीको मेरूदण्डका रूपमा रहेका यी राजमार्गले प्रमुख शहरहरू, बजार क्षेत्रहरू, सीमा नाका र ग्रामीण बस्तीहरूलाई एकआपसमा जोड्ने काम गर्ने भएकाले यसले राष्ट्रिय आर्थिक विकास र क्षेत्रीय एकीकरणमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

पूर्व, पश्चिम उत्तर र दक्षिण सबैतिरका राष्ट्रिय राजमार्गको आवश्यकतालाई हेरेर चार्जिङ स्टेशन राख्ने प्रस्ताव गुरुयोजनामा राखिएको छ ।

नेपालले सन् २०३० भित्र दुईपांग्रेसहित सबै निजी गाडी बिक्रीको ९० प्रतिशत र चारपांग्रे बिक्रीको ६० प्रतिशत विद्युतीय पुर्याउने लक्ष्य लिएको छ । यो प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमै व्यक्त गरिएको हो ।

सम्बन्धित समाचारहरू

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

वुलिङ एयर इभीको मिडिया टेष्ट ड्राइभ सम्पन्न

काठमाडौं– वुलिङ एयर इभीले आइतवार मिडिया टेष्ट ड्राइभ सम्पन्न गरेको छ ।...

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने, टिजर सार्वजनिक

हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...