केटीएम ट्रयाक टेष्ट एक्सपिरियन्स सम्पन्न
काठमाडौं– केटीएम नेपालले आयोजना गरेको ट्रायक टेष्ट एक्सपिरियन्स...
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु नजिकबाट अनुभव गर्न एक विशेष टेस्ट राइड कार्यक्रममा आमन्त्रण गरेको छ । सो कार्यक्रम भोलि आइतबार देखि नक्सालस्थित बाइकर्स क्याफेमा हुनेछ ।
कार्यक्रमका सहभागीले केटीएम बाइकको शक्ति, नियन्त्रण र शैलीलाई प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ । टेस्ट राइड पछि सहभागीहरुलाई निःशुल्क पेय पदार्थ प्रदान गरिने छ । यसले यो अववरलाई अझ रमाइलो बनाउने छ ।
अनुभवी वा पहिलो पटक केटीएम बाइक चलाउने जो सुकै पनि यसमा सहभागी हुन सकिने र सबै प्रकारका राइडरहरुका लागि खुला रहेको छ ।
तीव्र गति, उत्कृष्ट सस्पेन्सन र दमदार इन्जिन क्षमता केटीएम मोटरसाइकलका विशेषता हुन् । केटीएम मोटरसाइकले प्रायः ट्र्याक,रेसिङका लागि उत्कृष्ट ह्यान्डलिङ र स्थिरता प्रदान गर्छन् ।
नेपालमा बजारमा केटीएम ड्युक २००, केटीएम आरसी २००, केटीएम ड्युक २५० जेन ३, केटीएम आरसी ३९०, केटीएम ड्युक ३९०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकल बिक्री हुँदै आएको छ ।
काठमाडौं– केटीएम नेपालले आयोजना गरेको ट्रायक टेष्ट एक्सपिरियन्स...
केटीएमले आफ्नो पोर्टफोलियोमा नयाँ बाइक थपेको छ । कम्पनीले आफ्नो पहिलो...
केटीएमले आफ्नो २५० ड्युक नयाँ टीएफटी डिस्प्लेको साथ प्रस्तुत गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...