टाटाले पनि बढायो नेक्सन एसयुभीको मूल्य, १५ हजार भारुसम्म बृद्धि
टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ...
टाटा मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीलाई अपडेट गरेकोे छ । कम्पनीले नयाँ कलर अप्सन र छिटो चार्जिङ क्षमताका साथ पन्च ईभीलाई अपडेट गरेको हो ।
पन्च ईभीलाई अव १.२ सीको दरमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । ५० किलोवाट डिसी फास्ट चार्जरले चार्ज गर्दा १५ मिनेटमै ९० किलोमिटर रेन्ज पाउन सकिन्छ । साथै, ब्याट्रीलाई केवल ४० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार अपडेट लङ रेन्ज भेरिएन्टमा मात्रै गरिएको हो ।
यसवाहेक, टाटाले पन्च ईभीलाई थप दुई नयाँ कलर अप्सनमा समेत उपलब्ध गराएको छ । पन्च ईभी अव सुपरनोभा कपर र प्योर ग्रे कलरमा समेत उपलब्ध हुनेछ । सो कम्प्याक्ट एसयूभी यसअघि एम्पावर्ड अक्साइड, सीवीड, फियरलेस रेड, डेटोना ग्रे र प्रिस्टाइन ह्वाइट कलरमा उपलब्ध थियो ।
पन्च ईभी २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध रहँदै आएको छ । जसले एकपटकको फुल चार्जमा ३१५ र ४१२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । दुबै भेरिएन्टमा ९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय एसयुभी नेक्सनमा मूल्य बृद्धि गरेको छ...
काठमाडौं– नाडा अटो शो–२०२३ मा ५०० बढी टीयागो ईभी बिक्री बुक भएको छ । टाटा...
टाटाले निकट भविष्यमा लन्च गर्ने तयारी गरेको नयाँ विद्युतीय एसयूभी सफारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...