नाडा अटो शोमा लन्च हुँदै चांगनको सस्तो कार लुमिन, मूल्य कति ?

काठमाडौं – भदौ ३ देखी सुरु हुने नाडा अटो शोमा चांगनको सस्तो कार लुमिन लन्च हुने भएको छ । चांगानको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले यसको मूल्य यसअघि नै २२ लाख रुपैयाँ निर्धारण गरिसकेको भएपनि अटो शोमा विशेष छुट दिने अनुमान गर्न सकिन्छ ।

चांगान लुमिन सिटी कारमा ३५ किलोवाटको मोटर छ । यसमा १७.६५ किलोवाट आवर र २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक छ । दुई भेरिएन्टले क्रमशः २०५ र ३०१ किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डीसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

यसमा १४ इन्चको ह्विल छ । यसको इन्टेरियरमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट स्क्रिन र १०.२५ इन्चको इन्फोटेनमेन्ट युनिट समेत छ । भ्वाइस असिस्टेन्ट र कलर इन्सर्टले यसको इन्टेरियरलाई अझै लभ्ली बनाएको छ ।

रेडियो, नेभिगेसन, स्मार्टफोन इन्टरफेस कनेक्टिभिटी र एडेप्टिभ क्रुज कन्ट्रोल लगायतका फिचर यसमा पाउन सकिन्छ । चीनमा सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको चांगान लुमिनमा मोडुलर ईपीए जिरो प्लेटफर्मको प्रयोग गरिएको छ ।

सम्बन्धित समाचारहरू

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो...

ब्याट्री स्वाप गर्न मिल्ने चांगनको पहिलो ईभी सार्बजनिक, यस्ता छन् विशेषता

ब्याट्री स्वाप गर्न मिल्ने चांगनको पहिलो ईभी सार्बजनिक, यस्ता छन् विशेषता

चांगनले ब्याट्री स्वाप गर्न मिल्ने आफ्नो पहिलो ईभी सार्बजनिक गरेको छ ।...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...