सुजुकीको पहिलो इलेक्ट्रिक कार नेपालमा, नाडा अटो शो २०२५ मा प्रदर्शन हुने

काठमाडौं – सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा आगामी भाद्र ३ देखि प्रारम्भ हुने नाडा अटो शो २०२५ मा सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले सो ईभी उपलब्ध गराउने भएको हो ।

नेपाली बजारमा अन्य ब्रान्डका ईभीको दबदबा रहेको समयमा सुजुकीको ईभी भने उपलब्ध छैन । अब पहिलो पटक नेपाली बजारमा सुजुकीको ईभी समेत उपलब्ध हुनेछ ।

भारतमा गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा सो गाडी पहिलो पटक प्रदर्शन गरिएको थियो । ४९ किलोवाट आवर र ६१ किलोवाट आवर ब्याट्री प्याक अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ । यद्यपि नेपाली बजारमा उपलब्ध हुने ई–भिटाराको ब्याट्री र अन्य जानकारी भने कम्पनीले पछि नै सार्वजनिक गर्ने बताइएको छ ।

ई–भिटारामा डुअल स्क्रिन, पानारोमिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पावर ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, स्लाइडिङ र रिक्लिनिङ रियर सिट तथा लेभल–२ एडीएएस छ ।

 ई–भिटारामा सिंगल–मोटर टु–ह्विल ड्राइभ कन्फिगरेसन र ७० किलोवाट डिसी फास्ट चार्जिङ सपोर्ट हुनेछ । सो गाडीमा अटो होल्डका साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल ह्विल ड्राइभ भर्सनका लागि ‘ट्रेल’ सहित ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र एडास जस्ता सेफ्टी फिचर रहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...