हुलास फिनसर्भको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि

काठमाडौं–प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज कम्पनीको खुद नाफा १२१.८७ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ९ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ मा २१ करोड ७८ लाख रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरेको हो । एक वर्षको अवधिमा कम्पनीको वितरणयोग्य नाफा ६१.३६ प्रतिशतले बढेको छ । कम्पनीले कुल ८अर्ब २ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरि २२ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको छ भने यस अवधिमा ६२ करोड ४० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेर ३.४० प्रतिशतमा झरेको छ भने कष्ट अफ फण्ड ६.४० प्रतिशत, स्प्रेडरेड १.८८ प्रतिशत र रिटन अन इक्युटी १४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको शेयरमूल्य बढेर प्रति शेयर आम्दानी २६.२५ रुपैयाँ र नेथवर्क प्रति शेयर १७९.६३ रुपैयाँ पुगेको छ ।

उद्योगपति शेखर गोल्छा अध्यक्ष रहेको हुलास फिनसर्भ हायर पर्चेज कम्पनीले सन् २०१२ मा राष्ट्र बैंकबाट गैर बैंकिङ कम्पनीको इजाजतपत्र लिएर सेवा सुचारु गरेको थियो । कम्पनीले सवारी साधन लगायत घरायसी उपकरण, विद्युतीय उपकरण, कम्प्युटर, ल्यापटप, मोबाइल फोन लगायतका सामानहरुमा सहज र सुलभ फाइनान्सको सुविधा दिदै आएको छ ।

हुलास फिनसर्भको यो आर्थिक उपलब्धिले कम्पनीको सेवा, सुविधा लिनेहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको पुष्टि गरेको छ । हुलास फिनसर्भले दिदै आएको सेवा, सुविधाले विशेषत न्यून तथा मध्यम आयस्रोत भएकाहरूलाई आफ्नो आधारभूत आवश्यकता एवम् रहरहरु पुरा गर्न अत्यन्तै सजिलो भएको छ ।

कम्पनीका अनुसार, सीमित आयबाट सपना साकार पार्ने सोच भएका जो कोहिको लागि हुलास फिनसर्भ भरपर्दो आधार बनेर सकेसम्मको सहुलियतपूर्ण सेवा, सुविधा प्रदान गर्ने कार्यमा प्रतिबद्ध छ ।

सम्बन्धित समाचारहरू

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा स्पेयर पार्ट्स...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दशैं तिहार अफर, ६.२९ प्रतिशतमै गाडी कर्जा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दशैं तिहार अफर, ६.२९ प्रतिशतमै गाडी कर्जा

काठमाडौं–नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा...

विद्युतिय बस र माइक्रोबस खरिदका लागि कुमारी बैंकले आकर्षक ब्याजदरमा कर्जा दिने

विद्युतिय बस र माइक्रोबस खरिदका लागि कुमारी बैंकले आकर्षक ब्याजदरमा कर्जा दिने

काठमाडौं–कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...