१६० सीसीमा पनि आयो केटीएम ड्युक, मूल्य कति ?

केटीएमले १६० सीसी सेग्मेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकल १६० ड्युक लन्च गरेको छ । यसको मूल्य भारतीय बजारमा १ लाख ८५ हजार निर्धारण गरिएको छ ।

सो नयाँ मोटरसाइकलमा १६४.२ सीसी सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ । यसले ९५०० आरपीएममा १८.७ बीएचपी र ७५०० आरपीएममा १५.५ एनएम टर्क जेनेरेट गर्दछ । बाइकमा असिस्ट र स्लिपर क्लच फिचर सहितको ६–स्पिड गियरबक्स राखिएको छ ।

२०० ड्युककै प्लटेफर्ममा तयार पारिएको यस मोटरको अगाडि ४३ एमएम डब्लुपी अपसाइड–डाउन फोर्क र पछाडि प्रिलोड–एडजस्टेबल डब्लुपी मोनोशक सस्पेन्सन जडान गरिएको छ । स्टिल ट्रेलिस फ्रेममा तयार पारिएसको सो मोटरको अगाडिको भागमा सिंगल ३२० एमएम डिस्क र पछाडिको भागमा २३० एमएम डिस्क ब्रेक दिइएको छ । साथै यसमा, डुअल–च्यानल एबीएस र अफरोड एबीएस समेत पाउन सकिन्छ ।

लुक्स र डिजाइनको कुरा गर्नुपर्दा १६० ड्युक केटीएमको अन्य स्ट्रिट फाइटर जस्तै देखिन्छ । एग्रेसिभ डिजाइनमा तयार पारिएको यस मोटरसाइकमा एलइडी हेडल्याम्प, टु–पिस सिट र साँघुरो टेल सेक्सन दिइएको छ ।

एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल राखिएको बाइकमा १६० ड्युक ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन र कल तथा म्युजिक कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...

केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर, मूल्य कम गर्न फिचरमा कटौती

केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर, मूल्य कम गर्न फिचरमा कटौती

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...