नयाँ बानेश्वरमा ठडियो आकाशे पुल
काठमाडौं– निषेधाज्ञाकै क्रममा काठमाडौंको अति व्यस्त नयाँ बानेश्वरमा...
काठमाडौं–यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन लागेको छ ।
सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ ।
नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसैगरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो ।
कसैलाई किची, ठक्कर दिई सो व्यक्तिको मृत्यु भएको अवस्थामा ज्यान मार्ने मनसाय प्रमाणित भए सवारीसाधन चलाउने व्यक्तिलाई जन्मकैद व्यवस्था प्रस्ताव गरिएको छ ।
अन्य अवस्थामा कति ?
रातको समयमा बत्ती नबाली सवारीसाधन चलाएमा दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई खतरा हुने गरी सामान ढुवानी गरेमा तीन हजार, वन–वे सडकमा सवारी चलाए एक हजार, प्रशिक्षण अवधिमा तोकिएको स्थानमा प्रशिक्षक साथमा नराखी सवारी चलाएमा तीन हजार, ट्राफिक प्रहरीले दिएको सङ्केत (इसारा) उल्लङ्घन गरेमा एकदेखि दुई हजार, सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा दुई हजार रुपियाँ जरिबाना गरिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।
त्यसैगरी विधेयकमा निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपियाँ, लामो बाटोमा सञ्चालन हुने सवारीसाधनले प्रत्येक आठ घण्टामा चालक परिवर्तन नगरेमा पाँच हजार, सवारीसाधनबाट सडकमा फोहोर फालेमा एक हजार, सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र अद्यावधिक नगरी सवारी चलाएमा दुईपाङ्ग्रेको हकमा पाँच हजार, तीनपाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा ठुला सवारीका हकमा १५ हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको छ ।
त्यसै गरी ट्राफिक चिह्न र सङ्केत पालना नगरेमा एक हजार, नयाँ व्यवस्था अनुसार तोकिएकाभन्दा बढी गतिमा सवारी चलाए पाँच हजार रुपियाँ, अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा २५ हजार रुपियाँ, ओभरटेक गर्न नहुने ठाउँमा ओभरटेक गरेमा दुई हजार, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रुपियाँ जरिबाना प्रस्ताव गरिएको छ ।
काठमाडौं– निषेधाज्ञाकै क्रममा काठमाडौंको अति व्यस्त नयाँ बानेश्वरमा...
काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...