टीभीएस रोनिनको २०२५ संस्करण सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले रोनिनको २०२५ संस्करण लन्च गरेको छ । जारी नाइमा मोबिलिटी एक्सपोमा सो नयाँ मोटरसाइकल लन्च गरिएको हो ।

टीभीएस रोनिन अव आकर्षक मिडनाइट ब्लू कलरमा उपलब्ध हुने जनाइएको छ । जसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले नाइमा अफर अन्तर्गत उक्त मोटरसाइकलमा १५ हजार रुपैयाँ नगद छुट दिने बताएको छ ।

टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.४ पीएस पावर र १९.९३ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पिड गियरवक्स जडान गरिएको यस मोटरसाइकलमा स्लिपर क्लचसमेत उपलब्ध गराइएको छ ।

बाइकमा ब्लुटुथ कनेक्टिभिटीका लागि टीभीएसको स्मार्ट एक्स कनेक्ट, डुअल च्यानल एबिएस, यूएसडी फ्रन्ट फोर्क, एड्जस्ट गर्न मिल्ने लिभर तथा रेन र अर्बान जस्ता डेडिकेटेड राइडिङ मोड पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ...

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...