प्रतिष्ठित ‘आईएफ’ डिजाइन अवार्ड जितेको दिपल एस०५ नेपालमा सार्वजनिक हुँदै

काठमाडौं–आफ्नो ‘फ्युचरिस्टिक डिजाइन’ र ‘इन्टेलिजेन्ट मोबिलिटी’को अद्धितीय संयोजनका कारण विश्वभर लोकप्रिय दिपल एस०५ प्रिमियम ईभी आधिकारिक रुपमा नेपालमा सार्वजनिक हुने तयारी गरिरहेको छ । नेपालमा प्रवेश गर्नुअघि नै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान पाइसकेको एस०५ ले सम्मानित र प्रभावशाली ‘आईएफ’ डिजाइन अवार्ड जितेको थियो ।

सन् १९५३ मा स्थापना भएको ‘आईएफ’ डिजाइन अवार्डलाई ‘डिजाइन एक्सिलेन्स’को विश्वव्यापी मापदण्ड मानिन्छ । हरेक वर्ष एकसय ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजाइन विशेषज्ञहरुको स्वतन्त्र निर्णायक टोलीले विश्वभरका हजारौं आवेदनहरुलाई मूल्यांकन गरेर ‘इनोभेसन, एस्थेटिक्स, पंmक्सनालिटी र सस्टेनेबिलिटी’मा अग्रणी हुने उत्पादनलाई मात्र छनोट गर्ने गरिन्छ ।

दिपल एस०५ ले आफ्नो डिजाइन र प्रविधिमार्फत प्रतिस्पिर्धी बजारमा छुट्टै स्थान बनाउने अपेक्षा गरिएको छ ।
एस०५ ले आफ्नो ‘फ्युचरिस्टिक र इन्टरेक्टिभ’ डिजाइन ‘फिलोसोफी’मार्फत ‘आईएफ जुरी’लाई प्रभावित गरेको थियो । यसको ‘इनसाइड–आउट साइड डिजाइन कन्सेप्ट’ जसले ‘एक्सटेरियर लाइटिङ’, ‘प्रोजेक्सन र ड्राइभर इन्टरेक्सन’ले ड्राइभिङ अनुभवलाई ‘सिमलेस’ बनाउँछ ।

साथै, यसमा संसारकै पहिलो ‘प्यान टिल्ट जुम क्यामेरा’ र ‘डीएलपी प्रोजेक्सन हेडलाइट’ छ, जसले ‘डाइनामिक लाइट डिस्प्ले’ सिर्जना गर्छ । यसका अलावा, यसको ‘एक्सटेरियर डिजाइन’ कुनै अन्तरिक्ष यानबाट प्रभावित छ ।

०.२५ सीडी को ‘ड्रयाग कोफिसेन्ट, फ्रेमलेस डोर, हिडन ह्यान्डल र प्mलोविङ वेस्टलाइन’ले कारको ‘इलेगेन्स र इफिसेन्सी’ दुवै बढाउँछ । यसको ‘क्याविन स्पेस, १५.४ इन्चको सनफ्लावर टचस्क्रिन, एआर एचयुडी, इन्टेलिजेन्ट एम्बियन्ट लाइट र सराउन्ड साउन्ड’ले एउटा प्रिमियम र टेक्नोलोजी रिच वातावरण दिन्छ ।

दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ‘लक्जरी, कटिङ एज टेक्नोलोजी र स्टाइल’ले अद्धितीय संयोजन भएको दिपल एस०५ लाई थाइल्यान्डबाट एसेम्बल गरेर भित्र्याउन लागेको हो ।

एस०५ को नेपाल आगमन दिपल एस०७ को सफलताबीच हुन लागेको हो जुन गत वर्ष सार्वजनिक भएदेखि नै ग्राहकमाझ लोकप्रिय बनेको थियो । ‘स्ट्राइकिङ डिजाइन’ र ‘एड्भान्स्ड टेक्नोलोजी’ का कारण नेपालकै नं १ लक्जरी इभी बन्न सफल यसको एस०५ मोडलले नेपालमा दिपलको नेतृत्वलाई अझै लामो समय लैजाने देखिन्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभीमा हुनेछन् यस्ता फिचर, थप जानकारी सार्वजनिक

मारुती सुजुकीले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभीएक्स लन्च...

फिचर थप भएर आयो टिगोर इभीको दुई नयाँ भेरिएन्ट, यस्तो छ मूल्य

फिचर थप भएर आयो टिगोर इभीको दुई नयाँ भेरिएन्ट, यस्तो छ मूल्य

टाटा मोटर्सले आज टिगोर इभीको दुई नयाँ भेरिएन्ट लन्च गरेको छ । यसअघि कारोबार...

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

नयाँ ईभी ब्रान्ड फर्थिङ फ्राइडेमा ५ वर्षे विशेष योजना

काठमाडौं – नेपालको नयाँ प्रिमियम इलेक्ट्रिक भेइकल फर्थिङ फ्राइडेले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...