फरथिङ फ्राइडे : सेग्मेन्टमा सबैभन्दा किफायती, नाइमा एक्सपोमा २ लाख छुट

काठमाडौं – भृकुटीमण्डपस्थित प्रदर्शनी हलामा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे एसयूभीलाई अवलोकन गर्ने दर्शकको भिड निकै बाक्लो देखिन्छ । एक्सपोको पहिलो दिने औपचारिक लन्च गरिएको यस एसयूभीको मूल्यले अहिले ईभी पारखीलाई आकर्षित गरिरहेको छ ।

लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध यस ईभीको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६ हजार रुपैयाँ तोकिएकोमा नाइमा एक्सपोका लागि २ लाख कम गरेर ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन यहि सेग्मेन्टमा सबैभन्दा किफायती मूल्य हो । नगद छुट बाहेक ग्राहकले एक वर्षका लागि अटो प्लस इन्स्युरेन्स समेत निशुल्क पाउनेछन् ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको फ्राइडे ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल÷डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा भित्रियो पहिलो इलेक्ट्रिक पिकअप जेएसी ई–टी८, मूल्य र फिचर यस्तो

नेपाली बजारमा भित्रियो पहिलो इलेक्ट्रिक पिकअप जेएसी ई–टी८, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपाली बजारमा पहिलो इलेक्ट्रिक पिकअप भित्रिएको छ । दीगो ग्रुप...

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले नेक्स्ट जेन ब्लेड ब्याट्री अर्को वर्ष लन्च गर्ने

बीवाईडीले सवारी साधनका लागि अझै राम्रो रेन्ज पर्फमेन्स दिने ब्लेड...

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

थाइल्यान्डबाट सार्वजनिक भयो होन्डाको पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिट

होन्डाले पहिलो फुल्ली इलेक्ट्रिक कारको प्रोडक्सन युनिटलाई औपचारिक रुपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...