नाइमा एक्सपोमा चर्चित दुई कार : एउटामा २५ लाख र अर्कोमा २० लाख छुट
काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा कार...
काठमाडौं – सवारी साधन किन्नेहरुलाई लक्ष्यित गरी एभरेष्ट बैंकले गाडी कर्जाको रुपमा एभरेष्ट भेइकल लोन उपलब्ध गराउँदै आएको छ । राजधानीको भृकुटीमण्डपस्थित नाइमा नेपाल मोबिलिटी एक्सपोमा एभरेष्ट बैंकले उपलब्ध गराउने सो कर्जाको वारेमा आवश्यक जानकारी समेत प्रदान गरिरहेको छ ।
एभरेष्ट बैंकले हाल नाइमा मोबिलिटी एक्सपोमा गाडी किन्नका लागि बुकिङ गराउने ग्राहकहरुका लागि बेस रेटमा १.२५ प्रतिशत मात्र थपेर ब्याजदर निर्धारण गरेको छ । यस अनुसार ग्राहकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । यो ब्याज रकम ७ वर्ष सम्म मासिक किस्ता तिर्न सकिने गरी उपलब्ध हुनेछ ।
त्यसैगरी बैंकले फिक्स्ड स्किममा समेत कर्जा उपलब्ध गराइरहेको छ । यस अनुसार ५ वर्षका लागि ७.४९ प्रतिशत र ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।
बैंकले सरकारी नीति अनुसार नै पेट्रोलियम तथा ईभीमा सवारी साधनको मूल्यको ६० प्रतिशत सम्म रकम कर्जा प्रवाह गर्ने बताएको छ । निजी व्यावसायिक सवारी साधनको हकमा भने ७५ प्रतिशत सम्म पनि कर्जा उपलब्ध गराउन सकिने बताइएको छ ।
हाल नाइमा नेपाल मोबिलिटी एक्सपोको सन्दर्भमा सेवा शुल्क समेत शून्य दशमलव पाँच प्रतिशत मात्र तोकिएको छ ।
व्यक्तिगत वा व्यावसायिक सवारी साधनका लागि सो कर्जा उपलब्ध हुनेछ । यसका लागि सवारी साधन किन्ने व्यक्तिले आफ्नो आम्दानी विवरण र अन्य कागजातहरु भने तोकिए बमोजिम उपलब्ध गराउनु पर्नेछ ।
एभरेष्ट बैंक नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को प्रमुख प्रायोजक समेत हो ।
काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा कार...
काठमाडौं – एनएमबि बैंक लिमिटेडले ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा अटो लोन...
काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...