नाइमा मोबिलिटी एक्सपोमा टीभीएसको सबैभन्दा पावरफुल मोटरसाइकल अपाचे आरटीआर ३१०

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरेको छ ।

बुधबारदेखि भृकुटीमण्डपमा जारी एक्सपोमा कम्पनीले बहुप्रतिक्षीत मोटरसाइकल आरटीआर ३१० बिक्रीका लागि नभएर प्रदर्शन मात्र गरेको हो ।

३०० सीसी सेग्मेन्टमा रहेको अपाचे आरटीआर ३१० नेकेड स्पोर्ट्स मोटरसाइकल हो । अपाचे रिसिजमा सबैभन्दा पावरफुल आरटीआर ३१० मा भएको ३१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले ३५ बीएचपी पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पिड गियरबक्सका साथै स्लिपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध छन् । यसमा कन्ट्रोल, किलेस इग्निसन, इन्जिन ब्रेकिङ कन्ट्रोल जस्ता एड्भान्स फिचर समावेश छन् ।

यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिइएको छ भने स्मार्टफोन र गोप्रोमा समेत कनेक्ट गर्न सकिने छ । क्लाइमेट कन्ट्रोल फिचर पनि उपलब्ध रहेको यसमा मौसम अनुसार सिट तातो र चिसो बनाउन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएस ‘एक्स’को डेलिभरी सुरु, दुई वर्षअघि नै लन्च भएको विद्युतीय स्कुटरमा के छ खास विशेषता ?

टीभीएस ‘एक्स’को डेलिभरी सुरु, दुई वर्षअघि नै लन्च भएको विद्युतीय स्कुटरमा के छ खास विशेषता ?

टीभीएसले आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘एक्स’ ग्राहकलाई दिन थालेको छ...

टीभीएसमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, ३,९९९ ईएमआईमा बाइक र स्कुटर पाइने

टीभीएसमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’, ३,९९९ ईएमआईमा बाइक र स्कुटर पाइने

काठमाडौं – नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

सप्तरंग ३ का कलाकारद्वारा भरतपुरमा ‘टीभीएस रेडर’  मोटरसाइकल सार्वजनिक

सप्तरंग ३ का कलाकारद्वारा भरतपुरमा ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

भरतपुर – शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...