ईभी मर्मतका लागि ६ महिने ‘अन द जब ट्रेनिङ’ दिदै काठमाडौं महानगरपालिका, यसरी दिनुस् आवेदन

काठमाडौं – इलेक्ट्रिक सवारी साधन अर्थात ईभी मर्मतका लागि काठमाडौं महानगरपालिकाले ६ महिने ‘अन द जब ट्रेनिङ’ दिने भएको छ । यो भन्दा पहिले काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्युतीय सवारी (ईभी) तथा अन्य सवारी साधन मर्मत सम्बन्धी प्रारम्भिक तालिम लिएकाहरू सो तालिममा सहभागी हुन पाउने छन् ।

एक सूचना प्रकाशित गर्दै महानगरको सामाजिक विकास विभागले अधिकतम १९ जनाका लागि सो तालिम खुलाएको हो ।

महानगरको प्रारम्भिक तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूलाई काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउन्डेसन र सम्बन्धित कम्पनी, औद्योगिक प्रतिष्ठानसँगको सहकार्यमा यस्तो तालिम दिइनेछ । इच्छुक प्रशिक्षार्थीहरूले यहाँ क्लिक गरी तोकिएको अनलाइन फाराम भरेर सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

आगामी साउन २८ सम्म आवेदन दिनेहरु मध्येबाट छनौट भएका प्रशिक्षार्थीहरु तालिमका लागि छानिने छन् । तालिम मदौ १ देखि सुरु हुनेछ ।

थप जानकारीका लागि यो सूचना हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

लुयान एमएनके ३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्स सहित नेपालमा उपलब्ध

नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल...

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि

काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

लुयान स्कुटरले ल्यायो दशैं तिहार तथा छठ धमाका अफर

काठमाडौं– लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक ‘जिरो इमिसन राइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...