चीनको मोटर शोमा महिलाले टेस्ला कारको छतमा चढि हंगामा गरेपछि
चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...
काठमाडौ–गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमै पहिलो पटक विद्युतीय दुई पाङ्ग्रे सवारीका लागि ‘वाई ब्याक ग्यारेन्टी’ कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता देखाएको कम्पनीको भनाई छ ।
यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालू दिने पहिलो विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड बनेको छ । कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको हो । यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर (जुनपहिले पुग्छ) अवधि भित्र १ लाखको ‘वाई ब्याक ग्यारेन्टि’ प्रदान गर्नेछ ।
ईभीको ब्याट्री विग्रदै जाँदा यसले रिसेल भ्यालू घटाउने भएपनि अव गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ । गोगोरो स्कुटरमा ब्याट्री स्वाप प्रबिधी भएकाले वाई ब्याक ग्यारेन्टि दिन सकिेको कम्पनीले जनाएको छ ।
‘सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौं । आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं’ नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने ।
कम्पनीले दशैं अफरको सुरुवात नाइमा मोबिलिटी एक्सपोमार्फत गर्ने तयारी गरिरहेको छ । जसमा, ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ ।
चीनमा हाल सांघाई अटो शो आयोजना भइरहेको छ । उक्त शोमा सबै कम्पनीले नयाँ नयाँ...
काठमाडौं– लिपमोटरले चीनमा हालै लन्च गरेको नयाँ बिद्युतिय एसयूभी बी१०...
सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...